animated ellipse animated ellipse

ग्रेडेड स्कुलले मनायो २९ औं वार्षिक उत्सव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ फाल्गुन २०८०, बुधबार १६:४१
2.59k
Shares
विराटनगर / विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलले २९ औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

स्कुल परिसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालले वार्षिक उत्सवको उद्घाटन गरे । उनले कार्यक्रममा बोल्दै विद्यार्थीहरूको चौतर्फी विकासमा विद्यालयहरुले ध्यान दिनुपर्ने बताए । स्कुलले गर्ने हरेक क्रियाकलापहरुले विद्यार्थीहरूको विकासमा सहयोग पुग्ने उनले बताए । विज्ञान, चित्रकला र अतिरिक्त क्रियाकलापहरुले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन मात्रै नगरेर चौतर्फी विकासमा ठूलो सहयोग पुग्ने उनले बताए । ‘अभिभावकहरुले आफ्नो नानी, बावुहरुको रुची अनुसार अगाडी बढन सहयोग गर्नुपर्दछ । उनीहरुको रुची अनुसार अगाडी बढाउन सकियो भने एक दिन सफलता प्राप्त गर्नेछन्,’ प्रमुख कोइरालाले भने ।

कार्यक्रममा बोल्दै प्याब्सन मोरङका अध्यक्ष तथा ग्रेडेड स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै सीप र संस्कारयुक्त शिक्षा दिएर अगाडी बढेको बताए । कार्यक्रममा स्कुलका अध्यक्ष केशवलालसिंह सुवालले अहिलेको शिक्षा प्रविधियुक्त र रोजगारमुखी शिक्षा भएकोले विद्यालयले पनि यसमा जोड दिएर अगाडी बढेको बताए ।

कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतम, प्याब्सन मोरङका कोषाध्यक्ष बिष्णु डंगोल, प्याब्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठ, अभिभावक संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थीलगायतको उपस्थिती रहेको थियो ।
सोही अवसरमा विद्यार्थीहरूले विज्ञान र चित्रकला प्रर्दशनी पनि गरे । विद्यार्थीहरुले तयार पारेको एक दर्जन बढी स्टल रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले फेशन सो, सांस्कृतिक नृत्य र गीत प्रस्तुत गरी दिनभरी अभिभावक, अतिथि र सहभागिहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर