विरामी बोक्ने एम्बुलेन्समा लागूऔषध, दुई जना पक्राउ

खबर पूर्वाञ्चल, ११ जेष्ठ २०७८, मंगलवार १४:१४

विराटनगर/विरामी बोल्ने एम्बुलेन्समा अवैध लागूऔषध ओसार पसार हुने गरेको पाइएको छ । प्रहरीले सुनरीको धरानमा एम्बुलेन्स चेकजाच गर्दा लागूऔषध बरामद गरेको हो ।

धरान उपमहानगरपालिका – २ स्थित धनकुटा – भेडेटारबाट धरानतर्फ आउदै गरेको को १ च ५५५९ नम्बरको हुडेप नेपाल लेखिएको मारुती एम्वुलेन्स लाई शंका लागि प्रहरीले चेकजाँच गर्दा एक सय केजी गाँजा भेटिएको इलका प्रहरी कार्यालय धरानले जनाएको छ ।
प्रहरीले एम्बुलेन्सबाट २५/२५ केजीको ४ वटा झोलामा राखिएको गाजा बरामद गरेको थियो । गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एम्बुलेन्स चालक धरान .१५ का ३६ वर्षिय बल बहादुर लिम्बु र धनकुटाको सहिदभुमी गाउँपालिका १ घर भई हाल धरान ११ बस्ने २८ वर्षिय पोशन राईलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्यादथप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५