AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रतिष्ठानले कर्मचारीलाई स्मार्टनेस बनाउने गरी तालिम गर्नुपर्छ : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३२ असार २०८२, बुधबार १७:४८
135
Shares
विराटनगर/ प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कलवलगुरी झापाले आगामी आर्थिक वर्षका लागि १० करोड ४७ लाख ५० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको प्रतिष्ठानको चौथो परिषद् बैठकले बजेट स्वीकृत गरेको हो।

प्रदेश सरकारले एकमुष्ट रुपमा दिएको २ करोड ७० लाख र प्रतिष्ठानको आन्तरिक आम्दानी १६ लाख गरेर २ करोड ८६ लाखको कार्यक्रम बैठकले तय गरेको छ। त्यस्तै प्रदेश तथा स्थानीय प्रशासन सवलीकरण कार्यक्रम अन्तर्गत ७ करोड ६१ लाख ५० हजार रुपैयाँ बराबरको कार्यक्रम स्वीकृत गरिएको छ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका अनुसार यो बजेट सरकारको प्रदेश सभाबाट पारित पनि भइसकेको छ। बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रतिष्ठानले कर्मचारीहरूलाई स्मार्टनेस बनाउने गरी तालिम गर्नुपर्ने बताए। उनले प्रतिष्ठानलाई सबैले चिन्ने र विश्वासिलो बनाउने गरी अगाडि बढाउन निर्देशन दिए। आम मानिसले चिन्ने र बदलिदो प्रविधि अनुसार अपडेट गरेर प्रतिष्ठानलाई अगाडि बढाउन उनले जोड दिए।

बैठकमा सदस्यका रूपमा प्रदेशको प्रमुख सचिव, प्रदेश लोकसेवा आयोगका अध्यक्ष योजना आयोगका उपाध्यक्ष, विभिन्न पालिकाका प्रमुख र उपप्रमुख सहभागी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर