animated ellipse animated ellipse

टायर पड्किदा विराटनगरमा भारतिय नागरिको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ बैशाख २०७७, बुधबार १५:२१
3
Shares
विराटनगर / विराटनगर–१३ मलाया रोडमा गाडीको टायरमा हावा हाल्ने क्रममा टायर पड्किएर एकजनाको भारतिय नागरिको मृत्यु भएको छ ।

भारत समस्तिपुर घर भएका २५ बर्षीय मो. हैदरको मृत्यु भएको हो । विराटनगर–१३ का जितेन्द्र यादबको सटर भाँडामा लिई गाडीको टायरको पम्चर बनाई बस्दै आएका हैदरको आज दिउँसोे पुरानो टायरमा हावा हाल्ने क्रममा टायरको बीचमा भएको फलाम पड्किएर उनको ज्यान गएको मोरङ प्रहरीले जनाएको छ । हैदरलाई फलामको रिङले टाँउको र शरिरमा चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका जानकारी दिए ।

मृतक हैदरको शवलाई कानुनी प्रकृयाको लागी कोशी अस्पताल बिराटनगर लगिएको छ भनि घटना सम्बन्धमा अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर