AArya
RUMPUM
animated ellipse animated ellipse

ब्राउन सुगरसहित दुई जना झापाबाट पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ असार २०७८, शुक्रबार १८:३७
540
Shares
झापा / झापाको छुट्टा छुट्टै स्थानमा लागू औषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची ६ का २७ बर्षीय प्रशान्त बिक्रम थापा र झापा गाँउपालिका २ का ३२ बर्षीय विशाल मडि रहेको झापा प्रहरीले जनाएको हो ।

झापा बाह्रदशी गाँउपालिका २ जनता बजार स्थितमा ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले चेकजांच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको मे ८ प १६४ नम्बरको मोटरसाईकलमा सवार थापाको साथबाट लागूऔषध ब्राउन सुगर १६ ग्राम ५३० मिलिग्राम फेला परेको थियो । उनलाई मोटरसाईकलसहित पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।

यसैगरी झापा गाँउपालिका २ स्थितम बजारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलिले मडिलाई लागूऔषध ब्राउन सुगर ७ ग्राम ३०० मिलि ग्रामसहित पक्राउ गरी थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर