AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चन्द्रागिरि बलम्वुमा सामुदायिक अस्पतालमा संचालनमा आउने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ जेष्ठ २०७८, शुक्रबार ०७:२७
243
Shares
काठमाण्डाै /काठमाण्डाैस्थित बलम्वु अस्थायी आईसोलेसन ब्यवस्थापन समितिले कोभिड १९ संक्रमित बिरामीलाई प्राथमिक उपचार प्रदान गर्ने उदेश्यले चन्द्रागिरि नगरपालिका वडा १२ बलम्वुमा नहुंदा स्वस्थ्य सामुदायिक अस्पतालमा संचालनमा आउने भएको छ।

अक्सिजन सहितको आईसोलेसन सेन्टरका लागि हाल स्थानीय, संघरसंस्थाबाट सहयोग जुट्ने कार्य भईरहेको जारी रहेको समितिले जनाएको छ।

यसक्रममा लाईन्स् क्लब अफ चन्द्रागिरि काठमाण्डौका अध्यक्ष जयरामप्रसाद लुईंटेल र नेपाल तरुण दल काठमाण्डाै    क्षेत्र नं.१० का सभापति ईश्वर लामाले संयुक्त रुपमा बलम्वु अस्थायी आईसोलेसन सेन्टरको लागि ५ थान सर्जिकल बेडसहित पिपिई सेट, स्यानीटाईजर, डिस्पोजल ग्लोब्स्, फेस शिल्ड, माक्स हस्तान्तरण गरिएका छन्।

त्यसैगरि, चन्द्रागिरि नगरपालिका वडा नं. ७ का वडाध्यक्ष शम्भु केसीले १० थान पिपिई सेट उपलब्ध गराएकाछन्। त्यसैगरि गुर्जुधारा सहयोगी समुहले १० वटा अक्सिमिटरसहित स्यानीटाईजर, माक्स र डिस्पोजल ग्लोब्स् हस्तान्तरण गरेको समितिले जनाएको छ।

कोभिड १९ संक्रमितलाई उच्च मनोबलसहित प्राथमिक उपचार सेवा प्रदान गर्ने गरी आईसोलेसन सेन्टर भोलीदेखि संचालनमा आउने बलम्वु अस्थायी आईसोलेसन ब्यवस्थापन समितिका अध्यक्ष बिकास महर्जनले जानकारी दिए।

अहिलेको बिषम परिस्थितिमा माहामारीले जस्तोसुकै रुप लिनसक्ने भएकाले समाजमा थप संक्रमण फैंलिन नदिन त्यसको नियन्त्रण तथा रोकथाम गर्ने हेतुले सद्भावपूर्ण सहकार्य गरि नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्ड पालनासहित कोभिड १९ संक्रमित ब्यक्तिहरुलाई उच्च मनोबलका साथ बस्ने तथा प्राथमिक उपचार सेवा प्रदान गर्ने आइसोलेसन सेन्टरको उदेश्य रहेको पनि अध्यक्ष महर्जनले प्रष्टाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर