पूर्वाञ्चल खबर
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता पोखरेलले विश्वासको मत नदिनेहरु आफै नाङ्गिएर जाने बताएका छन् । ‘अहिले जस्तो देखिन्छ त्यस्तो नहुन सक्छ’, महासचिव पोखरेलले भने मुख्यमन्त्रीले विश्वासको मत लिन्छु भन्नुभएको छ, त्यो बेलासम्म साथीहरु कसरी कसरी प्रस्तुत हुनुहुन्छ हेर्दै जाउँ न ।’ उनले प्रदेश १ मा एमालेले विश्वासको मत प्राप्त गर्छ र गर्नुपर्छ भन्दै विश्वासको मत नदिनेहरु आफै नाङ्गिएर जाने बताएका हुन्।
यस्तै अहिले निकै चर्चामा रहेको एमसिसीको विषयमा एमालेका महासचिव पोखरेलले सभामुखले कसरी प्रस्तुत गर्नुहुन्छ त्यसमा निर्भर रहने बताए । एउटा प्रकृया अन्तर्गत एमसीसीको प्रस्ताव संसदमा रहेको भन्दै उनले संसदमा सभामुखले त्यो प्रस्ताव कसरी प्रस्तुत गर्नुहुन्छ त्यसकै आधारमा एमालेले दृष्टिकोण बनाउने बताए। उनले भने हिजो के भनेर रोक्नुभएको थियो, अब के भनेर प्रस्तुत गर्नुहुन्छ हेरौ न ।’ हिजो एमालेको एक खाले दृष्टिकोण थियो भन्दै अबको दृष्टिकोण सभामुखले के भनेर प्रस्तुत गर्नुहुन्छ त्यसका आधारमा तय हुने उनले प्रष्ट्याए ।
एमाले मोरङले विराटचौकमा आयोजना गरेको बृहद अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न विराटनगर आएका महासचिव पोखरेलले पार्टीको केन्द्रीय कार्ययोजना अनुसार यो अगुवा कार्यकर्ताहरुको भेलाको आयोजना गरिएको बताए। उनले केन्द्रीय कार्ययोजना अनुसार ७७ वटै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गर्ने र पार्टीभित्रको असमझदारीलाई हल गर्ने उद्देश्य रहेको बताए ।