खबर पूर्वाञ्चल
नेकपा एमालेबाट विराटनगर महानगरपालिका १० नं. वडाको वडाअध्यक्षको उम्मेदवार अर्जुन गिरीले वडा भित्र घरदैलो अभियान सकेका छन् । बैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि केही दिनमात्रै बाँकी रहँदा गिरीले आफ्नो प्रचार अभियान सकेका हुन् ।
२०७४ को चुनावमा गिरीले विराटनगर १० वडा अध्यक्ष पदमा उम्मेदवार भएर झिनो मतको फरकले पराजित भएका थिए । अघिल्लो निर्वाचनमा पार्टीबाटै विद्रोह गरेका वडाअध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका माधवराज वाग्लेको पक्षमा पार्टीका कार्यकर्ता लागेपछि गिरी दोस्रो भएका थिए । तर, यस पटक पार्टीका संगठनिक सदस्यदेखि कार्यकताहरु खुलेर एमालेको पक्षमा लागेकोले आफु विजयी नजिक रहेको गिरीको भनाई छ । उनै वडाअध्यक्षका उम्मेदवार अर्जुन गिरीसँग खवरपूर्वाञ्चलले गरिएको संक्षिप्त कुराकानी ः
तपाइको चुनावी एजेण्डा के छ ?
एमालेप्रतिको जनताको आशा र भरोषाको केन्द्र बढेको छ । विराटनगर १० वडा बामपन्थी पृष्ठभुमिा रहेको वडा पनि हो । यस वडामा यस पालिको चुनावमा एमालेप्रतिको जनलहर देखिएको छ । वडालाई हरीत वडाको रुपमा विकास गर्न सडक पेटिकामा फलफूल तथा अन्य हरीत जातका विरुवाहरु लगाउने योजना रहेको छ । यसरी योजनाबद्ध तरिकाले यस वडालाई नमुना वडाको रुपमा बिकास गर्ने योजना आफुसँग रहेको छ । वडाभित्रका ज्येष्ठ नगारिकहरुको घरमा पुगेर स्वास्थ्य उपचार सेवा प्रदान गर्ने योजना रहेको छ ।
तपाइको चुनाव जित्ने आधार के हो ?
२०७४ सालको स्थानिय तहको निर्वाचनमा पनि यस वडामा मैले वडाअध्यक्षमा उम्मेदवार दिएका थिए । त्यसबेला झिनो मतको फरकले पराजित भएको थिए । अघिल्लो निर्वाचनमा पार्टीबाटै विद्रोह गरेका वडाअध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका माधवराज वाग्लेको पक्षमा पार्टीका कार्यकर्ता लागेपछि दोस्रो भएको थिए । तर, यस पटक पार्टीका संगठनिक सदस्यदेखि कार्यकताहरु खुलेर एमालेको पक्षमा लागेकोले आफु विजयी नजिक रहेको छु । अब घोषणा हुन मात्र बाँकी रहेको छ ।
वडाअध्यक्षमा जित्नुभयो भने कस्तो वडा बनाउने योजना रहेको छ ?
मैले चुनाव जितेपछि समृद्ध वडाको रुपमा विकास गर्न गुरू योजना तयार गरेर काम गर्नेछु । सडक र नाला मात्र विकास नभएर शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा पनि काम गर्नेछु । यस्तै महिला, बालवालिकाको क्षेत्रमा पनि काम गर्नेछु । ज्येष्ठ नागरिकहरूको कम्तीमा एक पटक घरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण गर्ने देखि धरमबाँध रोडको डे«नकभर फेर्ने र वडाको पीच हुन बाँकी रहेको सडकमार्गलाई क्रमशः मर्मत सम्हार र सरसफाइ गर्ने योजना रहेको छ । वडामा न्यू आयश्रोत भएका आर्थिक विपन्न परिवारको पहिचान गरेर निःशुल्क रुपमा स्वास्थ्य बिमा गरेर उपचार गर्ने व्यवस्था पनि गर्ने योजना रहेको छ
तपाईको प्रतिक्रिया