AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भ्रामक समाचारप्रती आइस्पानको गम्भिर आपत्ती : भन्यो क्लासिक टेकले सञ्चारमाध्यम ब्लक गरेको छैन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ भाद्र २०७८, बिहीबार १७:३०
513
Shares
विराटनगर / विभिन्न संचारमाध्यमहरुमा प्रकाशित ‘क्लासिक टेकको विराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी’, ‘तालाबन्दी गरेको समाचार प्रकाशन गरेपछि क्लासिक टेकद्वारा आवर विराटनगर ब्लक’ लगायतका विभिन्न शिर्षकहरुमामा प्रकाशित समचार प्रती इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) कोे गम्भिर ध्यानार्कषण भएको जनाएको छ ।

आइस्पानले जारी विज्ञप्तीमा भनिए अनुसार राज्यको चौथोे अङ्गको रुपमा रहेको स्वतन्त्र पत्रकारिताको हामी सदैव सम्मान गर्दै आइरहेको छ । “हामी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रतिवध्द रहेका छौ । सूचना तथा प्रविधिको विकास संगसंँगै इन्टरनेट सेवा प्रदायक र आम सञ्चारमाध्यम बिचको अन्तरसम्बन्ध नङ र मासुको जस्तै रहेको छ । हामी आम नागरिक सुसुचित हुने अधिकारको लडाइमा संधसंघै रहेका छौं । आम संचारमाध्यम तथा नागरिकहरुको सुसुचित हुने अधिकारको हामी सर्दैव सम्मान गर्दर्छौं ।”

बिना सबुत प्रमाण प्राविधिक समस्यालाइ बढवा दिदैँ अतिरन्जित, कपोकल्पित रुपमा समाचार प्रकाशन भएकोमा हामीलार्इ यस्ता किसिममा कार्यले दुखित तुल्याएको र जनतालाई निरन्तर सुचना प्रवाह र्गनुपर्ने सम्मानित संचारमाध्यमले कुनै एक संस्थाप्रती पूर्वग्रही भएर लाग्नु जनताको सुचनाको हक विपरितको कार्य भएको आइस्पानले जनाएको छ । ब्लक भनिएको संचारमाध्यमको वेभसाइट आफुले होस्टिङ नगरेको, त्यसको स्वामित्व आफुसंग नरही अन्त्रनै रहेको हुनाले त्यसको पहुँच क्लासिकटेकसँग नरही अन्यत्रै रहेको आइस्पानले जनाएको छ ।

आइस्पानद्वारा जारि विज्ञप्तीमा भनिएको छ “नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल सरकार तथा सम्मानित अदालतको निर्णय बिना कुनै पनि सेवा प्रदायकले संचारमाध्यम प्रतिबन्ध लगाउने अधिकार जनाउँदै यस्ता भ्रमपुर्ण र अतिरञ्जित समाचार प्रकाशन तथा प्रसारण गरिनुअघि सम्बन्धित संस्था र ब्यत्तिलाई बुझनुपर्ने पत्रकारिताको सामान्य धर्म समेत निर्बाह गर्न नसक्ने र स्वार्थ पुर्तिका लागि अर्नगल प्रचार गर्ने ब्यक्ति र सञ्चारमाध्यमहरुलाई जिम्मेवार हुन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर