RUMPUM
animated ellipse animated ellipse

माओवादी केन्द्र कानेपोखरी गाउँपालिका अध्यक्षमा कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ पुष २०७९, शनिबार २०:०९
117
Shares
विराटनगर / नेकपा माओवादी केन्द्र कानेपोखरीको अध्यक्षमा दुर्गाबहादुर कार्की सर्वसम्मत चयन भएका छन् ।

गत वर्ष सम्पन्न गाउँ सम्मेलनबाट निर्वाचित मनोजकुमार राजवंशी स्थानीय निर्वाचन पछि वैदेशिक रोजगारीमा गएपछि उक्त पद खाली थियो । गाउँपालिकाको आज बसेको पूर्ण बैठकले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

अध्यक्षका आकांक्षी कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हरि मैनालीले नै कार्कीलाई प्रस्ताव गरेपछि उनी सर्वसम्मत भएका हुन् । कार्की रमाइलो क्याम्पसका अध्यक्ष तथा कानेपोखरी साहित्य समाजका अध्यक्ष पनि हुन् । यसअघि उनी रमाइलो क्याम्पसको स्ववियु निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए ।

माओवादी पार्टी तेस्रो अवस्थामा रहेको र आगामी दिनमा एमाले र काँग्रेस जस्ता राजनीतिक दलसँग प्रतिस्पर्धी बनाउने आफ्नो लक्ष्य रहेको कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् । पालिकाको उपाध्यक्षमा भने यसअघि नै निर्वाचित मैनालीसहित नविन राई र बद्री पोखरेल रहेका छन् ।

सचिवमा रोशन खत्री, सहसचिवमा हिमाल थेगिम र जनक ढकाल तथा कोषाध्यक्षमा रत्नीमाया धिमाल रहेका छन् ।
माओवादीको विधानमा पालिकामा ५५ जनाको गाउँ पालिका कमिटी रहने व्यवस्था छ । २ वर्षसम्मको कार्यकाल रहने पालिका समितिको सम्मेलन अबको एक वर्षपछि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर