animated ellipse animated ellipse

विराटनगरमा कोशी प्रदेश टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ माघ २०८०, बिहीबार १८:०५
5.4k
Shares
विराटनगर / विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला खेल मैदानमा कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।

मोरङ जिल्ला क्रिकेट संघले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सघंका अध्यक्ष मोहम्मद साद कुरैसीले फागुन २२ गतेबाट चैत्र ३ गतेसम्म कोशी प्रदेश राष्ट्रिय टी– ट्वेन्टी प्रतियोगिता हुने जानकारी दिए । पत्रकार सम्मेलन अध्यक्ष कुरैसीले प्रतियोगिताको लागि मैदान तयारीको काम तीव्रता पूर्वक भइरहेको बताए ।

प्रतियोगिताका विजेताले ५ लाख रुपैया र उपविजेताले ३ लाख रुपैया हात पार्ने बताएका अध्यक्ष कुरैसीले प्रतियोगिताका लागि अन्र्तराष्ट्रियस्तरको मैदान तयार हुने प्रस्टाए । सात वटा प्रदेशसंगै ३ वटा विभागिय टोलीबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि करिब ७५ लाख रुपैया खर्च हुने उनको भनाई छ । लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा १० टोलीले कुल २३ खेल खेल्नेछन् ।

पत्रकार सम्मेलनका क्रममा कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजीत राज पाण्डेले टी–ट्वेन्टीलाई सफलता पूर्वक आयोजना गराउन सबै पक्षले सहयोग गर्नु पर्ने बताए । क्यानको क्यालेण्डर अनुसार आयोजना हुने यस प्रतियोगिताले प्रदेशको क्रिकेट क्षमतालाई थप उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।

पत्रकार सम्मेलनमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीका जनसम्पर्क सल्लाहकार लिलाबल्लभ घिमिरेका अनुसार क्रिकेटको विकासका लागि सरकारले तयार रहेको छ । अन्र्तराष्ट्रिस्तरमा मुलुकलाई चिनाउन क्रिकेट सफल भएको बताएका जनसम्पर्क सल्लाहकार घिमिरेले कोशी प्रदेश राष्ट्रिय टी–ट्वेन्टी प्रतियोगिताले खेलाडीको क्षमता र अनुभवमा निखार ल्याउनेमा विश्वस्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर