RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्डका आयुष नेपाल प्रथम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० चैत्र २०७८, बिहीबार १३:५२
720
Shares
विराटनगर / विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजका छात्र आयुष खनालले त्रिभुवन विश्वविद्यालयद्वारा लिइएको विविएतर्फ फाइनान्स विषयको पहिलो सेमेस्टरको परिक्षामा सर्वाधिक ३.९५ जिपिए ल्याई नेपाल प्रथम भएका छन् ।

खनाल काठमाण्डौंको शंकरदेव क्याम्पसमा अध्ययनरत छन् । गत वर्ष भएको विविए फाइनान्स विषयको प्रवेश परिक्षामा १ अजार ३ सय भन्दा बढी प्रतिस्पर्धीलाई उछिन्दै प्रथम स्थान हासिल गर्न सफल भएका थिए । कक्षा ११, १२ मा अध्ययनरत रहँदा खनाल पढाईमा पनि उत्तिकै अब्बल रहेको मेरिल्याण्डका प्रिन्सिपल लक्षमण ढकाल बताए ।

उनी कलेजको आन्तरीक र वाह्य हुने अतिरिक्त कृयाकलापमा पनि अब्बल थिए । त्यस्तै आइक्यानद्वारा संचालीत चाटर्ड एकाउन्टेन्सी प्रोफेसनल परिक्षामा मेरिल्याण्ड कलेजका छात्र मानस पराजुलीले अधिराज्यभरीमै दशौं स्थान प्राप्त गरेका छन् । स्मरण रहोस् मेरिल्याण्ड कलेज प्रदेशकै व्यवस्थापन शिक्षामा अग्रणी शैक्षिक संस्था मानिन्छ । मेरिल्याण्डबाट उत्तीर्ण भएका विद्यार्थीहरुले देश विदेशमा उच्च सफलता हासिल गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर