AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश प्रमुख अधिकारी –वाढी, पहिरोवाट जनधन क्षतिप्रति समवेदना व्यक्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ असार २०७७, सोमबार २१:३७
3
Shares
फाइल तस्वीर
विराटनगर / प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुलुकमा हालै आएको भीषण वाढी , पहिरोको कारण भएको जनधनको क्षति दुःख व्यक्त गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयद्वारा आज जारी प्रेस विज्ञप्तिमा अविरल वर्षका कारण नेपालका विभिन्न क्षेत्रमा वाढी तथा पहिरोले संखुवासभा, म्याग्दी, कास्की, जाजरकोट, लमजुङ्ग ,रौतहट र मोरङलगायत विभिन्न स्थानमा दर्जनो दर्जनो मानिसहरुका मृत्यु भएको दर्जनौ मानिस वेपत्ता भएका र सर्यौ मानिसहरुको घाइते भएकोमा दुःख व्यक्त गर्दै मेतकहरुप्रति भावपूर्ण पूर्ण श्रद्धान्जली अर्पण गरे ।

विज्ञप्तिमा वाढी र पहिरोबाट वेपत्ता भएका मानिसको याथाशिघ्र खोजी गर्न र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सम्वन्धित निकायलाई हार्दिक अपील समेत गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे ।

विज्ञप्तिमा नेपाल प्राकृतिक प्रकोप उच्च जोखिम भएको देश हो भन्दै अत्याधिक वर्षाका कारण वाढी, पहिरो, कटान तथा डुवान जस्ता प्रकृतिक विपत्तिले निम्त्याउने विषम परिस्थितिलाई न्यूनीकरण गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सुरक्षा निकाय र सम्पूर्ण राजनीतिक पार्टी, संघसंस्था , सरोकारबाला सवैपक्षसँग एकजूट भई प्राकृति प्रकोपसँग लडन हार्दिक अनुरोध गरे ।
उनले कोभिड–१९ को महामारीको संकटसंगै प्राकृतिक प्रकोपले पु¥याउने सक्ने मानवीय तथा भौतिक क्षतिलाइ न्यूनीकरण गर्नका लागि एकीकृत तथा केन्द्रीकृत हुदै प्राकृतिक विपत्तिसंगै सामना गर्न तत्पर रहन र उच्च जोखिममा रहेका मानवीय वस्तीहरुलाई सुरक्षित स्थानमा स्थानोन्तरण गर्दै वाढी पीडितको उद्धार र राहत वितरणलाई अत्यन्तै तिव्रताका साथ काम गर्न हुन सरोकारवाला पक्षलाई विशेष अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर