खबर पूर्वाञ्चल
पेशागत तथा वुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एशोसियशनद्वारा आज विराटनगरमा आयोजित संविधान संशोधन र चुनौति विषयक कोशी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै डा. कोइरालाले दुई ठूला दलहरु नेपाली कांग्रेस र एमाले बीच मुख्य रुपमा संविधान संशोधन, आर्थिक विकास र मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने उद्देश्य पुरा गर्ने समयसम्म सरकार रहने प्रष्ट पारे ।
नेता डा कोइरालाले प्रतिपक्षीदहरुलाईसँग वार्ता एवं छलफल गरी सहमतीका आधामा संविधान संशोधन गरेमा सबैको अपनत्व कायम हुने सुझाव दिए । उनले प्रतिनिधि सभाको निर्वाचनमा समावेशीलाई कायम राखी प्रत्यक्ष निर्वाचन गराएमा निर्वाचनको समस्या समाधान हुनुका साथै राजनैतिक स्थिरता कायम हुने सुझाव दिए ।