खबर पूर्वाञ्चल
निजी अस्पतालमा नभएको सेवा कोशी कोभिड अस्पतालमा रहेकाले विश्वसनिय सेवा दिन गरि काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरेकी हुन् । उनले भनिन,‘ अस्पतालमा भर्ना भएकाहरुबाट गुनासो नआउने गरि काम गर्नुहोस् ।’
सामाजिक विकास मन्त्रालयमा आज कोशी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीसँग भएको बैठकमा उनले प्रदेश १ मा उदाहरणीय कार्य गरेर देखाउन समेत आग्रह गरिन । उनले भनिन,‘ प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालले राम्रो उपचार सेवा दिन्छ भन्ने महसुस संक्रमित र तिनका परिवारमा परोस् ।’ प्रदेश सरकारसँगको सहकार्यमा निजी क्षेत्रले तयार गरि गत पुस ५ गते हस्तान्तरण गरेको नागरिक केयर सेन्टरमा भोलीदेखि संक्रमितको उपचार शुरु गरिने बताउँदै उनले आवश्यक जनशक्तिको व्यवस्थापन गर्न पनि निर्देशन दिइन् । मन्त्री राईले भनिन,‘ आन्तरिक व्यवस्थापन राम्रोसँग हुनुप¥यो, बजेटको समस्या छैन ।’ उनले अस्पतालको व्यवस्थापन र फोहोरको उचित व्यवस्थापन गर्न कोभिड अस्पतालको संयोजक वैद्यनाथ साहलाई निर्देशन दिइन् । उनले विरामीलाई औषधिको पनि कमी नहुने गरि व्यवस्थापन गर्न निर्देशन समेत दिइन् ।