विराटनगरबाट गाँजासहित दुई जना पक्राउ

खबर पूर्वाञ्चल, २४ श्रावण २०७९, मंगलवार २०:५५
369
Shares
विराटनगर / सशस्त्र प्रहरीले गाँजासहित दुई जना युवालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी ९बिओपी० रानीले विराटनगर १६ हुलास चौकबाट गाँजासहित दुई जना युवालाई मङ्गलवार पक्राउ गरेको हो ।

स ९ प ९६०६ नम्बरको मोटरसाइकलमा भारतर्फ जाँदै गरेको विराटनगर ४ खार्जीका १९ वर्षीय आशिष मण्डल र सोही ठाउँका २० वर्षीय दीपेश मण्डललाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट तीन केजी गाँजा बरामद गरेको थियो । बरामद गरेको गाँजा र पक्राउ परेका दुई जना युवासहित मोटरसाइकल आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय रानी विराटनगरमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५