AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरबाट गाँजासहित दुई जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ श्रावण २०७९, मंगलवार २०:५५
369
Shares
विराटनगर / सशस्त्र प्रहरीले गाँजासहित दुई जना युवालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी ९बिओपी० रानीले विराटनगर १६ हुलास चौकबाट गाँजासहित दुई जना युवालाई मङ्गलवार पक्राउ गरेको हो ।

स ९ प ९६०६ नम्बरको मोटरसाइकलमा भारतर्फ जाँदै गरेको विराटनगर ४ खार्जीका १९ वर्षीय आशिष मण्डल र सोही ठाउँका २० वर्षीय दीपेश मण्डललाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट तीन केजी गाँजा बरामद गरेको थियो । बरामद गरेको गाँजा र पक्राउ परेका दुई जना युवासहित मोटरसाइकल आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय रानी विराटनगरमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर