RUMPUM
animated ellipse animated ellipse

आर्मी झापा गोल्ड कपको उपाधि नजिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ फाल्गुन २०७८, शुक्रबार १८:२३
162
Shares
विर्तामोड / त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको उपाधि नजिक प्रवेश गरेको छ ।

आर्मीले आज भएको पहिलो सेमिफाइनलमा काठमाण्डौका सातदोबाटो युथ क्लबलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । आर्मी लगातार चौथोपटक फाइनल प्रवेश गरेको हो ।

आर्मीले उपाधिकालागि शनिबारको अन्तिम सेमिफाइनल खेल झापा–११ फुटबल क्लब र संकटा क्लबबीचको विजेतासँग सोमबार उपाधिकालागि प्रतिस्पर्धा गर्नेछ ।

आर्मीको जितका लागि सुमन अर्याल, सन्तोष तामाङले १–१ गोल र टेकबहादुर बुढाथोकीले २ गोल गरे । सातदोबाटोले एक गोल मात्र फर्काउन सक्यो ।

खेलको २७औँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्रि किकमा सुमनले गोल गरे । पहिलो हाफको थप समयमा सातदोबाटोले गोल फर्काउँदै खेल बराबरीमा ल्यायो । उसका लागि सुशील राईको क्रसमा दिपकराजसिंह ठकुरीले गोल गरे । दोस्रो हाफमा आर्मीले थप ३ गोल थप्यो ।

६० औँ मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेललाई २–१ मा पु¥याए । ८० औँ मिनेटमा नवयुग श्रेष्ठको हेडरमा टेकबहादुर बुढाथोकीले गोल गर्दै सातदोबाटोसँग फराकिलो अन्तर बनाए । ८४ औँ मिनेटमा टेकबहादुरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । उनले कमलबहादुर थापाको पासमा गोल गरेका हुन् ।

स्टार खेलाडी गुमाएको सातदोबाटोले निर्धारित ९० मिनेटमा आर्मीविरुद्ध खासै मुभ बनाउन सकेन । ५३ मिनेटमा स्ट्राइकर सुशील राईको पासमा सातदोबाटोका स्कोरर दिपकराजसिंह ठकुरीको कडा प्रहार विपक्षी गोलरक्षक विकेश कुथुले पञ्च गरेर बचाए ।

आर्मीले खेलमा एक दर्जनभन्दा बढी अवसर सिर्जना ग¥यो । छैठौँ मिनेटमा आर्मीका दिपक गुरुङको प्रहार आकाशियो । १५ औँ मिनेटमा सन्तोष तामाङले पेनाल्टी एरियाबाट गरेको प्रहार खेर जाँदा आर्मी अग्रता लिने अवसरबाट बञ्चित भयो । २५ औँ मिनेटमा टंक बस्नेतको क्रसमा टेकबहादुर बुढाथोकीले गरेको हेडर विपक्षी गोलरक्षक अभिषेक बरालले पञ्च गरेर बचाए ।

४१ औँ मिनेटमा टंक बस्नेतको प्रहार पोस्टमा लागेर फर्कियो । ५८ औँ मिनेटमा सन्तोष तामाङको प्रहार फस्र्टबारमा लागेर फर्कियो ।

आजको खेलको प्लेयर अफ द म्याच सन्तोष तामाङ तामाङ भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पुरस्कार पाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर