RUMPUM
animated ellipse animated ellipse

शैलजा आचार्य स्मृति पोलिटेक्निकको २१ औं वार्षिक उत्सव सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ माघ २०७९, सोमबार २१:४२
162
Shares
विराटनगर / मोरङको जहदा गाउँपालिका – ४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निकले २१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम आयोजना गरी मनाएको छ ।

वर्षेनी रोजगारमुखी विद्यार्थी उत्पादन गर्दै आएको उक्त पोलिटेक्निकले आज एक कार्यक्रमको बिच वार्षिक उत्सव मनाएको हो । उक्त अवसरमा ३९ जना उत्कृष्ठ विद्यार्थी पुरस्कृत भएका छन् भने कार्यालयमा उत्कृष्ठ काम गर्ने ४ जना कर्मचारी सम्मानित भएका छन् ।

सम्मानित हुने विद्यार्थी तथा कर्मचारीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए । कार्यक्रममा बोेल्दै डा.कोइरालाले कठिन परिस्थितीमा स्थापना भएको पोलिटेक्निकले विपन्न बर्गका हजारौ मानिसहरुलाई रोजगार बनाएकोमा खुसी ब्यक्त गरे । शैलजा आचार्यले उसवेला स्थापना गर्दा दुर्गम गाउँ रोजेको र पढ्न कोहि पनि जादैनन् होला भन्नेखालका कुराहरु आफुले त्यसबेला सुनेको स्मरण गर्दै उनले भने “गाउँका मानिसहरुलाई शिक्षित र रोजगार बनाउनुपर्दछ भन्ने चेतना शैलजा आचार्यको देन हो ।” उनले समाज परिवर्तनका लागि शिक्षित र प्राविधिक जनशक्ति उत्पादन गर्ने पोलिटेक्निकका लागि आबश्यक प्रवन्धका लागि अधितम पहल गर्ने बताए ।

आधा दर्जन विभिन्न प्राविधिक विषयमा पढाइ हुने सो पोलिटेक्निकले वर्षेनि २ सय जना विद्यार्थीहरुलाई रोजगारमुखी शिक्षा दिने गरेको कलेज प्रमुख शन्तबहादुर अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर