RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा ६ संक्रमित थपिए, १५ डिस्चार्ज

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ असार २०७७, सोमबार १९:५२
3
Shares
विराटनगर/ प्रदेश १ मा आज ६ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ४, खोटाङ र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भापाको मेचीनगरमा १, विर्तामोडमा २ र गौरीगञ्जमा १, सुनसरीको रामधुनीमा १, खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकामा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ७६ पुगेको छ । संक्रमित मध्ये १ सय ११ महिला र ५ सय ६५ पुरुष रहेका छन् ।

प्रदेश १ बाट आजै १५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ११ महिला र ५ पुरुष डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय ७२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर