AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रहरीले स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ पुष २०८२, आईतवार १८:२०
90
Shares
विराटनगर / प्रहरीले स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँसहित विराटनगर महानगरपालिका–१५ स्थित रानी–विराटनगर सडक खण्डबाट आज १ जनालाई नियन्त्रणमा लिएको छ ।

आज विहान करिब साढे ११ बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १–०४–००१ च ०१६४ नम्बरको सेतो रङको कारमा हुण्डीको रकम कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले उक्त कारलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा विराटनगर– ६ बस्ने ४९ वर्षीय अरविन्द अग्रवाल रहेका छन् । उनले कुदाएको कारमा स्रोत नखुलेको १ हजार दरका ४ सय थान (४ लाख), ५ सय दरका ३ सय ६० थान (१ लाख ८० हजार) र १ सय दरका २ सय थान (२० हजार) गरी जम्मा ६ लाख रुपैयाँ बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ परेका अग्रवाल , उनले प्रयोग गरेको कार र बरामद रकम इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर