animated ellipse animated ellipse

प्रेस चौतारी मोरङले खवर पूर्वाञ्चल डट कमका सम्पादक डा. पोखरेलसहित दुईजनालाई सम्मान गर्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ माघ २०८१, सोमबार १८:०३
1.22k
Shares
विराटनगर / प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङले खवर पूर्वाञ्चल डट कमका सम्पादक डा. डिल्ली पोखरेलसहित दुईजनालाई सम्मान गर्ने भएको छ ।

भोली विराटनगरमा स्थापना दिवसको अवसर पारि प्रेस चौतारी मोरङका संस्थापक सचिव तथा खवर पूर्वाञ्चल डट मकका सम्पादक डा. पोखरेल र पूर्व सचिव डा. धर्मराज ढकाललाई सम्मान गरिने मोरङ अध्यक्ष चीना थापाले जानकारी दिइन्।

डा. पोखरेलले नेपालको आर्थिक विकासमा कृषि सहकारी संस्थाहरुको भूमिका विषयमा विद्यावारिध (पीएचडी) र डा. ढकालले नेपाली कटन उद्योगहरुमा कार्यरत मजदुरहरुको उत्प्रेरणा र कार्य सम्पादनको अवस्था विषयमा विद्यावारिध (पीएचडी) गरेका हुन् । प्रेस चौतारीका सदस्यहरुले पीएचडी हासिल गर्नु गौरवपूर्ण कार्य भएकाले सम्मान गर्ने निर्णय गरिएको अध्यक्ष थापाले बताइन्।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले उनीहरुलाई सम्मान गर्ने कार्यक्रम छ । स्थापना दिवसको अवसरमा वितरण हुँदै आएको कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कारबाट पत्रकार हरिहर नेपाललाई पुरस्कृत गरिदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर