खबर पूर्वाञ्चल
टेलिफोनबाट उक्त धम्की दिएको भन्दै भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन समेत दिएका हुन् ।
सचिव भट्टराईले निवर्तमान मुख्यमन्त्री कार्कीले भौतिक आक्रमण गर्ने धम्की दिएपछि शान्ति सुरक्षाको माग गर्दै प्रशासन कार्यालयमा आज उजुरी दिएका हुन् ।
निवर्तमान मुख्यमन्त्री कार्कीले आफूलाई भौतिक आक्रमण गर्ने धम्की दिएपछि मन्त्रालयमा काम गर्ने वातावरण नभएको र आफू असुरक्षित भएकाले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएको उनले बताए। सचिव भट्टराईको उजुरीका विषयमा छानबिन भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । उनले सचिवलाई काम गर्ने वातावरण सिर्जना गर्ने बताए।
नेपाली कांग्रेसका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री कार्कीले आफू मुख्यमन्त्री भएको बेलाका खेलकुद प्रतियोगिताको बजेट निकासा नगरेको र अब पनि नगरे ठिक नहुने भन्ने हिसाबले धम्की दिएको सचिव भट्टराईले बताए । भट्टराईले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनको बोधार्थ कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मालाई पनि दिएको बताएका छन् ।