पूर्वाञ्चल खबर
संक्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४पुरुष रहेका छन् । हाल सम्मकोरोना संक्रमणमुक्त हुनेको संख्या ५२हजार ३७३ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४२९ जनाको पीसीआर परीक्षण गर्दा ३९३ जना कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा संक्रमितको संख्या ६७ हजार २२८ पुगेको छ भने संक्रिय संक्रमितको संख्या १३ हजार ७८३ रहेको छ ।
मोरङमा १४५, सुनसरीमा ९०, झापामा ६७, पाँचथरमा ३९, ते¥हथुममा १३, उदयपुरमा ९, इलाममा७, संखुवासभा र धनकुटामा ३–३, भोजपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ८३, सुन्दरहरैचामा २०, उर्लाबारीमा ६,पथरीशनिश्चरे र बेलबारीमा ५–५, केराबारी र लेटाङमा ४–४, मिक्लाजुङ, कटहरी, रंगेली र बुढीगंगामा ३–३, रतुवामाई र ग्रामथानमा२–२, कानेपोखरी र जहदामा१–१, सुनसरीको धरानमा ४५, इटहरीमा ३०, दुहवीमा ४, बराहक्षेत्रमा ३, देवानगञ्ज, रामधुनी र इनरुवामा २–२, गढीकोशीगाउँपालिका र बराहक्षेत्रमा १–१, झापाको विर्तामोडमा १५,हल्दिबारीमा १०, मेचीनगर र कनकाईमा ८–८, अर्जुनधारा र दमकमा ६–६, भद्रपुर र शिवसताक्षीमा४–४, कमलगाउँपालिकामा २, कचनकवल, बुद्धशान्ति, बा¥हदशी र गौरादहमा१–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि पाँचथरको फिदिममा ३९, ते¥हथुमको म्याङलुङमा १३, उदयपुरको कटारी र चौदण्डीगढीमा ३–३,त्रियुगामा २ र बेलकामा १, इलामको सुर्योदय र रोङमा २–२, इलामनगरपालिका, चुलाचुली र माईमा१–१, संखुवासभाको खाँदबारी, मादि र चैनपुरमा १–१, धनकुटाको धनकुटा नगरपालिकमा २ र छथरमा १, भोजपुरको भोजपुर नगरपालिका र स्थानीयतहनखुलेका १–१, ताप्लेजुङको मिक्वाखोलामा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश १ भर ५ जना कोरोनाका विरामीको मृत्यु भएको छ । यो सँगै प्रदेशमा मृत्यु हुनेको संख्या ३२० महिला र ७५२ जना पुरुष गरी १०७२ पुगेको छ ।
मृत्यु हुनेमा मोरङ, सुनसरी, उदयपुर, इलाम र प्रदेश १ बाहिरको १–१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
धरानको विपीमा २ जना तथा बुढीगंगा गापामा रहेकोे विराट शिक्षण अस्पताल, विराटनगरमा न्युरो कोभिड अस्पता र विराटनगरकै नोवेल शिक्षण अस्पतालमा १–१ जना कोरोनाका विरामीको मृत्यु भएको छ ।