animated ellipse animated ellipse

आजदेखि शूरु भयो विराटनगरमा सवारी चालक अनुमति पत्र प्रयोगात्मक परीक्षा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ श्रावण २०७९, सोमबार १८:५२
459
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरबाट आजदेखि सवारी चालक अनुमति पत्र प्रयोगात्मक परीक्षा शुरु भएको छ । आज मुख्यमन्त्री राजेन्द्र राईले विराटनगरस्थित ट्रायल सेन्टरको उद्घाटन गरेर सर्वसाधारणको सुविधाका लागि प्रदेश सरकारले यो प्रबन्ध गरेको जानकारी दिए।

हालसम्म प्रदेश १ मा सुनसरीको इटहरी, झापाको विर्तामोड, इलाम, धनकुटा र उदयपुरबाट लाइसेन्स वितरण भइरहेको थियो । त्यो सूचीमा विराटनगर पनि थपिएपछि अन्यत्र चाप कम हुने विश्वास सरकारको छ।

लिखित तथा प्रयोगात्मक ट्रायल परीक्षा विराटनगरबाट नै दिने व्यवस्था मिलाइएको यातायात व्यवस्था तथ सञ्चारमन्त्री उपेन्द्र घिमिरेले जानकारी दिए। यसअघि भने विराटनगरका सेवाग्राहीले इटहरीबाट लाइसेन्स लिने गरेका थिए।

प्रदेश १ यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय विराटनगरबाट गएको बुधबार देखि नै अनलाईन फाराम भर्ने व्यवस्था मिलाइएको मन्त्री घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर