AArya
RUMPUM
animated ellipse animated ellipse

जेभियर्स स्कुलको आठौं वार्षिकोत्सव सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ फाल्गुन २०७९, सोमबार १६:४१
783
Shares
विराटनगर / बुढीगंगा गाँउपालिकाको टङ्किसिनुवारीमा रहेको जेभियर्स इङ्गलिस स्कूलले आफ्नो आठौं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न गरेको छ।

बूढीगंगा गाँउपालिकाका अध्यक्ष जितनारायण थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले अतिथि एवं अभिभावक हरुलाइ आ-आफ्ना प्रस्तुति हरुबाट मनोरन्जन प्रदान गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि मगरले बुढीगंगा गाँउपालिकामा विद्यार्थीको पहिलो रोजाइमा परेको यस विद्यालयको उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गरे। उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक परेश पोखरेलले विधालयको आगामी कार्ययोजनाको बारेमा प्रकाश पारे ।

कार्यक्रममा मोरङ्ग जिल्लाको सबैभन्दा पुरानो सस्थागत विद्यालय जेसी बाल सदन विराटनगरका प्रधानअध्यापक सुनिता भट्टराईलाइ शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियोे।

विद्यालयका सञ्चालक समितिका अध्यक्ष सरिता राना मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका सञ्चालक जनक ढकाल, चन्द्रमणि रिजाल र अभिभावक लोक नाथ चौधरीले बोलेका थिए। कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरु र विद्यालयको विभिन्न क्लबमा रहेका विद्यार्थीहरुलाइ सम्मान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर