खबर पूर्वाञ्चल
पुष ६ गतेदृख जारी एक्सपो पुष १६ गतेसम्म संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एक्स्पोमा उपभोक्ता एवं अवलोकनकर्ताको भीड निरन्तर बढ्दै गइरहेको छ । एक्स्पोमा २२० स्टल छन् । प्रत्येक स्टलमा उपभोक्ताको भीड लागेको छ ।
एक्स्पोमा रहेका विभिन्न खानाका स्टलमा समेत अवलोकनकर्ताको बाक्लो भीड थियो । जर्मन प्रविधिद्वारा निर्मित ह्याङ्गरका स्टलमा भीडका कारण हिड्नपनि कठिन भएको थियो । खाद्यान्न, भान्सामा प्रयोग हुने सामग्री, प्लाष्टिकका सामान, हस्तकला, चियापत्ती, फलफुलका जुस एवं स्क्वास, कार्पेट, पाइप, मरमसाला, गाडी, ट्युब टायर र गार्मेन्ट्सका स्टलमा उपभोक्ताको चासो देखियो । भारत, पाकिस्तान र बङ्गलादेशका स्टलमा पनि उपभोक्ताको भिड लागेको छ ।
एक्स्पोमा कन्यामदेखि ल्याइएका घोडामा चढेर घुम्न अवलोकन गर्ने सर्वसधारण पनि बढेका छन् । एक्स्पोमा ५५ फिटको आइफिल टावर थप आकर्षण भएको छ । टावरको छेउमा बसेर फोटो खिच्ने उपभोक्ताको भिड लागेको छ।
एक्सपेमा शनिबार गायिका अस्मिता अधिकारी, गायक राजनराज सुवेदी र कुटुम्ब बैण्डले आफ्नो प्रस्तुतिबाट सहभागिहरुलाई भरपुर मनोञ्जन दिए । आज साँझमा गायक वाङ्गदेन शेर्पा, डीजे तामा, समर्पण लामा र आशिष अविरलको प्रस्तुती रहनेछ ।
संघका अध्यक्ष नविन रिजालले आर्थिक क्षेत्र चलायमानका लागि एक्स्पोले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले देशमा आर्थिक संकटको अवस्था रहेको र यस्तो विषम परिस्थितिमा एक्स्पो संचालन चानचुने नभएको बताए । अध्यक्ष रिजालले एक्स्पोमा उपभोक्ताको अत्याधिक भीडले विराटनगरमा प्रदशनस्थल आवश्यक रहेको भन्ने प्रमाणित गरिदिएको बताए ।