पूर्वाञ्चल खबर
स्कुलका कक्षा ५ देखि कक्षा १२ सम्मका ३० जना विद्यार्थीले भाग लिएको प्रतियोगितामा कक्षा १० कि छात्रा रिजु अधिकारी ुवर्तमानु शिर्षकको कविता वाचन गर्दै प्रथम भइन् । यस्तै कक्षा १२ का खिलराज ढकाल ुमलाई गर्व लाग्छ मेरो देशु शिर्षकको कविता वाचन गरेर दित्तिय हुँदा १२ कै सुजल कोइराला ुमैले नगरे कस्ले गर्नेु शिर्षकको कविता वाचन गर्दै तृतीय भए।
यसैगरी कक्षा ५ कि छात्रा वेबिका पनेरू हाम्रा भानुु शिर्षकको कविता वाचन गर्दै सान्त्वना पुरस्कार जित्न सफल भइन् । उनीहरूले क्रमशः दस हजार, सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरे।
राष्ट्रियसभाका पूर्व सदस्य एवम् प्राज्ञ खेम नेपाली प्रमुख अतिथी रहेको कार्यक्रममा कविद्वय निर्मला कोइराला र मिनकुमार श्रेष्ठ नवोदित निर्णायकका रूपमा रहेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले भानुभक्तले नेपाली भाषाको उत्थानमा सहयोग गरेको चर्चा गरे।
कार्यक्रममा प्रमुख अतिथी नेपाली, निर्णायक निर्मला कोइराला, नेपाली शिक्षक खम्बसिंह नेपाल, भाईस प्रिन्सिपलद्वय नारायण कडरीया, टीएन भण्डारीलगायतले भानुभक्तको स्मरण गर्दै नेपाली साहित्य र भाषाका क्षेत्रमा गरेको योगदानको चर्चा गरे।