AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

निजी शैक्षिक क्षेत्रलाई समाप्त पार्ने उद्देश्यले सरकार अमुक शक्तिको इसारामा लागेको प्याब्सनका केन्द्रीय उपाध्यक्ष टिकाराम ढकालको आरोप

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ भाद्र २०८२, शुक्रबार १८:३०
27
Shares
विराटनगर / निजी विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सनका केन्द्रीय उपाध्यक्ष टिकाराम ढकालले नेपालको निजी शैक्षिक क्षेत्रलाई समाप्त पार्ने उद्देश्यले केही व्यक्तिहरू अमुक शक्तिको इसारामा लागेको आरोप लगाएका छन्। उनले हाल संसदीय समितिबाट सदनमा पेश भएको शिक्षा विधेयकप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई निजी क्षेत्रमैत्री बनाउन सरकारसँग माग गरेका छन्।

आज विराटनगरको महेन्द्र चोकमा प्याब्सन मोरङसहित पाँच संगठनले आयोजना गरेको जिल्लाव्यापी बृहत खबरदारी सभामा बोल्दै उपाध्यक्ष ढकालले आगामी भदौ २६ गते विधेयकमाथि छलफल हुने भएकाले त्यसअघि नै निजी क्षेत्रका मागहरू सम्बोधन गरिनुपर्ने बताए। ‘अझै पनि संशोधन गर्ने समय पर्याप्त छ,’ उनले भने, ‘भदौ २६ गतेभन्दा अगाडि निजी क्षेत्रको माग सरकारले सुनुवाइ गरेर लगानीमैत्री वातावरण तय गर्नुपर्नेछ।’

ढकालले निजी क्षेत्रको पाँचबुँदे माग पूरा हुनुपर्ने मान्यताका साथ आफूहरू सडकमा आएको स्पष्ट पारे। ‘हामीले अहिले विद्यालयहरूमा बालबालिकाहरूलाई पठनपाठन गराउँदै आएका छौं। बन्द हड्तालसम्म पुग्ने हाम्रो उद्देश्य छैन,’ उनले भने, ‘तर, सरकारले हाम्रो माग पूरा गरेन भने भदौ १८ गतेदेखि देशभरका संस्थागत विद्यालय ठप्प पार्नेछौं।’ उनले राजनैतिक दलहरूले समेत विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिनुपर्दछ भनिरहेका बेला सरकारले निजी क्षेत्रलाई निरुत्साहित गर्ने गरी विधेयक ल्याउनु दुर्भाग्यपूर्ण भएको बताए। विद्यार्थीको पठनपाठन बन्द नहुने गरी सरकारले निजी क्षेत्रको माग सुनुवाइ गरेर अहिले संस्थागत विद्यालय बन्द हुने गरी आएको शिक्षा विधेयक सच्याउनुपर्नेमा उनले जोड दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर