animated ellipse animated ellipse

यूएईमाथी ७ विकेटले पराजित गर्दै त्रिकोणात्मक श्रृंखलामा नेपालको सुखद सुरुवात

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ कार्तिक २०८०, बुधबार १७:३३
108
Shares
फाइल तस्वीर
विराटनगर / घरेलु टोली नेपालले पाहुना टोली यूएईमाथी ७ विकेटले पराजित गर्दै त्रिकोणात्मक श्रृंखलामा सुखद सुरुवात गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८ दशमलव ५ बलमा ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलको अर्धशतक प्रहार गरे । कप्तान पौडेल अविजित ५१ रन जोडे । उनले ५ चौका प्रहार गरे ।

५१ रन जोड्दा ३ विकेट गुमाएको नेपालका लागि कप्तान पौडेल र दीपेन्द्र सिंह ऐरीले अविजित १ सय २९ रनको ठोस साझेदारी गर्दै जित दिलाए । ऐरी ३४ रनमा अविजित रहे । उनले १ छक्का र ३ चौका प्रहार गरे ।

टस हारेर ब्याटिङ गरेको यूएईले वसिल हमिदको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । वसिल ५१ रन र अलि नासिरले ३२ रन जोडे ।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिँदा गुल्सन झाले २ विकेट र सोमपाल कामी र अविनाश बोहराले समान १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर