RUMPUM
animated ellipse animated ellipse

आफन्त सम्पर्क विहीन भएपछि विरामीको विचल्ली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ भाद्र २०७६, सोमबार २२:००
3
Shares
विराटनगर / उपचार गराउन विरामी लिएर आएका आफान्त सम्पर्कविहीन भएपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा एक जना विरामी विचल्लीमा परेकी छन् ।

धरान नगरपालिस्थित नगरकोट वस्तिकी ४० वर्षीय मनु राइलाई अस्पतालमा रेखदेख गर्न आएका कुरुवा अचानक वेपता भएपछि उनी विचच्लीमा परेकी हुन् ।

धरान स्थिीत वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि थप उपचारको लागि गोल्डेन अस्पतालमा राइलाई गत साउन १६ गते ल्याएको थियो । उक्त अस्पतामा किड्नी इन्फेक्सन, निमोनिया र मुख वाट वाट रगत बगेर अर्धचेत अवस्थमा उपचार्थ गर्न श्रीमान र छोरी संगै आएकी थिईन् । उनको आईसीयुमा भर्ना गरेर गोल्डेनका चिकित्सकले उपचार सुरु गरेको तीन दिन पछि कुरुवाको रुपमा संगै आएका श्रीमान विनोद राइ र छोरी मोरङको पथरी ७ निवासी देवी राइ सम्पर्क विहिन बनेको अस्पतालका प्रसासकीय अधिकृत सन्तोष मेहताले जानकारी दिए । उनका अनुसार विरामीको श्रीमान र छोरी सम्पर्क विहिन भएर वेपता भएपछि अस्पताले हाल सम्म उपचार गरेर राखेको बताए । विरामीका कुरुवा गत साउन १९ गते देखि सम्पर्क विहिन भएको उनले बताए ।

साउन ३१ गतेसम्म आइसीयुमा राखेर उपचार गराएपछि अहिले पूर्ण रुपमा ठिक भएपछि वार्डमा राखिएको छ । चिकित्सवले पूर्ण रुपमा ठिक भएर डिस्चार्ज गरे पनि विरामीका आफन्त सम्पर्कमा नआएको अस्पतालले जनाएको छ । विरामीका आफन्त सम्र्पक विहीन भएपछि रायलाई अस्पतालले जेनरल वार्डमा राखेर खाना र औषधीको व्यवस्था मिलाएको छ ।

मेहताका अनुसार १६ दिन अगावै नै आफन्त सम्पर्क विहिन भएपछि दिएको सम्पर्क नम्बरमा पटक पटक सम्पर्र्क गर्दा सम्पर्कमा आउन नचाहेको बताए । ‘हामीले बारम्बार विरामीका आफन्तलाई फोन सम्र्पक गर्दै आएका छौं,’ उनले भने, ‘अहिले सम्म विरामीको आफन्तको फोन लाग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर