AArya
RUMPUM
animated ellipse animated ellipse

धनकुटाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ भाद्र २०८३, बुधबार १६:३०
36
Shares
धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

कोशी लोकमार्गमा चेकजाँचका क्रममा ट्रकभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले १ हजार २४० किलो ६ सय ग्राम गाँजा बरामद गरेको हो ।

मंगलबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना ४ ख ५२७ नम्बरको ट्रकलाई फेदीमा चेकजाँचका लागि रोक्न खोजेको थियो । प्रहरीले ट्रक रोक्न संकेत गरेपछि चालक ट्रकबाट हाम फालेर फरार भएको प्रहरीले जनाएको छ ।

 

चालक फरार भएपछि ट्रक शंकास्पद लागेर प्रहरीले चेकजाँच गर्दा ट्रकभित्र लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला परेको हो । बरामद गरिएको गाँजा र ट्रकलाई नियन्त्रणमा लिएर प्रहरीले फरार चालकको खोजी गरिरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर