CLASSICTECH NET

क्रिकेट पिच बनाउँदा भएको अनियमितताको छानविन गर्न संसदको माग

खबर पूर्वाञ्चल, २४ श्रावण २०७६, शुक्रबार २०:१७

विराटनगर / विराटनगर– १९ स्थीत बैजनाथपुर क्षेत्रीय रङ्गशालामा अन्तराष्ट्रिय स्तरको क्रिकेट पिच बनाउँदा लाखौँको अनियमितता भएको भन्दै छानबिन गर्न सांसदहरुले माग गरेका छन् ।

रङ्गशाला निर्माणमा अनियमितता भएको विषयमा संचारमाध्यमहरूमा समाचार प्रकाशित भएपछि शुक्रबार बसेको १ नम्बर प्रदेश सभाको बैठकमा संसदहरूले यस्तो माग गरेका हुन् ।

प्रदेशसभा बैठकको शुन्य समयमा प्रतिपक्षि दल नेपाली कांग्रेसकी सांसद नवोदिता चौधरीले रंगशाला निर्माणमा भएको अनियमितताका विषयमा छानविन गर्न माग गरिन् । उनले भ्रष्टचारले सीमा नाघिसकेको भन्दै रङगशाला निमार्णमा भएको अनियमितताको निष्पक्ष छानविन गरिनुपर्ने बताइन् । ‘प्रदेशमा भ्रष्टाचारले सीमा निघिसक्यो,’ उनले भनिन, ‘रंगशाला निर्माणमा भएको अनियमितताका विषयमा छानविन गरिनु पर्छ र दोषीलाई कारवाही गरिनुपर्छ ।’

सामाजिक विकास मन्त्रालयबाट निकाशा भएको बजेटमा क्रिक्रेटको मैदान बनाउनका लागि निकासा भएको रकममा हदैसम्म भ्रष्टचार भएकोे बताइन् । उनले क्रिक्रेट पिच बनाउँनका लागि दुई लाखको काम गरेर २६ लाख रुपैयाँ भ्रष्टचार गरेको खुलिसकेकोले दोषीलाई छानबिन गरेर कार्वाही गर्नुपर्नेमा जोड दिइन् । ‘सिँगो प्रदेशलाई नै बदनाम गराउने यो अति लज्जास्पद घटना हो,’ उनले भनिन्, ‘यसैले चाडो छानबिन गरेर कार्वाही गरियोस् ।’

क्रिकेट मैदान निर्माण सहित प्रदेश सरकारले खेलकुद शीर्षकमा खर्च गरेको बजेट अनियमितता भएको विषय सञ्चारमाध्यममा उठ्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले पनि यस विषयमा चासो देखाएको छ ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५