AArya
RUMPUM
animated ellipse animated ellipse

लागु औषधविरुद्ध ग्रिनल्याण्डको सडक नाटक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ श्रावण २०७६, शनिबार १८:३२
243
Shares
विराटनगर / सगरमाथा टिन्स क्लब ग्रिनल्याण्डका विद्यार्थीले विराटनगरमा लागु औषधविरुद्ध आज सडक नाटक प्रदर्शन गरेका छन् ।

वर्तमान समाजका युवा पुस्ता लागु पदार्थको दुर्वेशनमा फस्दै गई आफ्नै भविष्य अन्धकार बनाई रहेका वेल ाग्रिनल्याण्ड कलेजका विद्यार्थीहरुले “म अघि बढ्छु” भन्ने प्रदेश सरकारको कार्यक्रम अन्तरगत सडक नाटक प्रदर्शन गरिएको सगरमाथा टिन्स क्लब ग्रिनल्याण्डका शिक्षक नायक दिनेश दाहालले बताए । सो नाटकले वर्तमान समाजमा युवा पुस्ता साथी संगतमा कसरी कुलतमा फस्छन् र त्यसवाट उत्पन्न हुने गम्भिर परिस्थिति र हुन सक्ने अपराधलाई मार्मिक ढंगले प्रस्तुत गर्दै युवाहरुलाई सचेत गराएको छ ।

पढ्न भनी घर बाहिर बसेका वा घरमै पनि अभिवावकको अभिभावकत्व भुमिकामा कमि आउँदा युवा पुस्ता दुर्वेशनमा फस्ने गरेको नाटकले चित्रण गरेको शिक्षक नायक दाहालले बताए । नाटकको लेखन टिन्स क्लबका विद्यार्थी आफैले गरेका हुन भने नाटकको निर्देशक कलेजका सञ्चालक राजिव मिश्राले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर