CLASSICTECH NET

‘समयको हुरी’ कवितासङ्ग्रहको विमर्श

खबर पूर्वाञ्चल, २४ श्रावण २०७६, शुक्रबार १९:४५

विराटनगर / कवि बाबुराम श्रेष्ठ ‘वर्षा’को ‘समयको हुरी’ कवितासंग्रहमाथि विमर्श गरिएको छ ।

चेतना संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा शुक्रबार विराटनगरमा भएको कार्यक्रममा हालै प्रकाशित ‘समयको हुरी’ कवितासंग्रहमाथि विमर्श गरिएको हो । ३२ वर्ष प्रहरी सेवा काम गरेका कवि वर्षाको दसौं कृतिका रुपमा समयको हुरी पाठकमाझ आएको छ ।

कविताको समीक्षा गर्दै वरिष्ठ समालोचक दधिराज सुवेदीले वर्षा मूलत कवि भएको चर्चा गरे । सरल भाषाशैलीमा समसामयिक विषयलाई उठान गर्न सिपालु वर्षाले आध्यात्मिक र मातृभूमिप्रतिको स्नेहलाई सशक्त रुपमा उठाएको सुवेदीको भनाइ थियो । उनले कवितामार्फत कविले सत्तालाई समेत खबरदारी गरेको बताए । विभिन्न विषयलाई आधार बनाएर लेखेका ९३ वटा कविता छन् संग्रहमा ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्राडा टंकप्रसाद न्यौपानेले वर्षाको कविता संग्रह समयको हुरी आध्यात्मिक, सांस्कृतिक, जातीय, राष्ट्रिय भावनाले ओतप्रोत भएको बताए । प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीले संग्रहका अधिकांश कविता लयात्मक भएकाले पाठकले मन पराउने दाबी गरिन् । उनले संग्रहमा समावेश भएका कविताले जनताका समस्यालाई सशक्त रुपमा उठान गरेको बताइन् ।

कवि एवं पत्रकार मीनकुमार नवोदितले वर्षाको कवितासंग्रहमा प्रचुर देशभक्ति भावना र जीवनको यथार्थता पाइने बताए । साहित्यकार राधिका गुरागाईंले कवितासंग्रह वर्तमान समयको प्रतिविम्बका रुपमा प्रस्तुत भएको उल्लेख गरिन् । संग्रहमा वरिष्ठ समालोचक प्राडा गोविन्दराज भट्टराईले भूमिका लेखेका छन् । वर्षाको यसअघि कविता, लेख, धार्मिकलगायतका ९ वटा कृति प्रकाशित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५