CLASSICTECH NET

बलात्कार घटनामा मिलापत्र गराउने पक्राउ

खबर पूर्वाञ्चल, २५ श्रावण २०७६, शनिबार ०८:१४

रंगेली / बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउने मोरङको रंगेलीका सात जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको समचार आजको उद्घोष दैनिकले छापेको छ ।

एक किशोरीलाई सामूहिक बलात्कार गर्नेको पक्षमा रहेका गाउँलेले क्षतिपूर्ति बापत रकम दिलाउने शर्तमा मिलापत्र गराएका थिए ।

रंगेली–९ सखुवाथानमा भएको बलात्कारको घटनामा मिलापत्र गराउनेहरू अभिनव बजगाई, दिलिम मुर्मू, सुभाष राजवंशी, रामबहादुर राजवंशी, निमलाल राजवंशी, शेखर गौतम र चित्रशेन राजवंशीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

मिलापत्र गराउने थप तीन जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए ।

प्रहरीका अनुसार गत २० असारमा शारीरिकरूपमा अशक्त १६ वर्षीया किशोरीलाई तीन यूवा मिलेर सामूहिक बलात्कार गरेका थिए । स्थानीय २५ वर्षीय रोमन मगर, २४ वर्षीय प्रिन्स अधिकारीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । अर्का आरोपी २३ वर्षीय सविन चौधरी भने फरार रहेका छन् । सो घटनालाई गाउँमै मिलापत्र गराई लुकाइएको थाहा पाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

पीडितलाई सहिछाप गराएर १ लाख ५० हजार रूपैयाँ दिने शर्तमा मिलापत्र गराइएका थियो । बलात्कार भएको ६ दिनपछि २६ गते भएको मिलापत्रमा साउन ६ गते रकम दिने उल्लेख छ । तर तोकिएको मितिअगावै प्रहरीले अनुसन्धान थालेपछि रकमको लेनदेन भने हुन पाएन । आमाले घर छाडेपछि बाबुको बेवास्ताका कारण किशोरी आफन्तको घरमा बस्दै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५