पूर्वाञ्चल खबर
अदालतका न्यायधीश कृष्णमुरारी शिवाकोटीको इजालशले विराटनगर – ८ धरमबाध रोडका ३१ वर्षिय मन्नुकुमार गुप्ता, सर्हाली गोडैता नगरपालिकाका ५० वर्षिय हरिनारायाण झालाई पूर्पक्षका लागि सोमबार थुनामा राख्न आदेश दिएका हुन् ।
अदालतको आदेशपछि तीन जना अभियुक्त विराटनगर कारागार चलान भएका हुन् । मोरङ प्रहरीले सरकारी वकीलको कार्यालय मार्फत शुक्रबार मोरङ अदालतमा ‘संगठीत रूपमा हातहतियार खरखजनासंहित आपराधिक षड्यन्त्र उद्योग’ मा पक्राउ परेका तीन र २ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो । अदालतको ४ नम्बर इजालमा शुक्रबारदेखि भएको बयान आइतबार साँझ अभियुक्तको बयान सकिएको थियो ।
प्रतिवादीको बयान सकिएर पछि आज थुनछेक बहस भयो । थुनछेक बहसमा सरकारकोतर्फबाट सरकारी वकिलको कार्यालय मोरङका सहायक जिल्ला न्यायाधिवक्ता मुकुन्दकुमार रेग्मीले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट पाँच जना कानुन व्यवसायीहरूले प्रतिरक्षा गर्दै बहस गरे । जसमा प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ताद्धय माधवराज आचार्य र हेमराज पराजुली, अधिवक्ताहरू हेमराज पन्त, नारायणप्रसाद दाहाल र जीवन सापकोटाले गरेका थिए ।