CLASSICTECH NET

विराटनगरको मेरिल्याण्ड कलेजमा विविएम कोर्ष गरिरहेका विद्यार्थी थाइल्याण्ड जादै

खबर पूर्वाञ्चल, २९ श्रावण २०७६, बुधबार १६:५३

विराटनगर / पूर्व मै पहिलोपटक वेलायतको विश्वविद्यालयसँग सहकार्य गरि सञ्चालनमा आएको विराटनगरको मेरिल्याण्ड कलेजका विविएम कोर्षका विद्यार्थीले वैदेशिक शैक्षिक भ्रमणमा गएर अनुभव प्राप्त गर्ने अवसर पाउदै आएका छन् ।

विराटनगरको भृकुटी मार्ग स्थित कलेजले गत ५ वर्षदेखि हरेक वर्ष कलेजका विद्यार्थीहरुलाई विदेश भ्रमणको लागि बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटन र थाइल्याण्डको छात्रवृत्ति दिने गरेको छ । यस बर्ष पनि कलेजका २ जना विद्यार्थी वेलायतको समर क्याम्प सकाएर भर्खरै फर्किएका छन् ।

यस बर्ष पनि वेलायतसंगै कलेजका ६ जना विद्यार्थी थाइल्याण्ड जाने भएका छन् , युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्सको सहकार्यमा कलेजका ६ जना विद्यार्थी थाइल्याण्ड जाने कलेजका विजनेस डेभलपमेन्ट म्यानेजर विवेक दाहालले जानकारी दिए । एक हप्ताको थाइल्याण्ड बसाईका क्रममा विद्यार्थीहरुले युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्समा विभिन्न शैक्षिक कार्यक्रममा सहभागी हुनेछन् । अक्टोबर १५ देखि २१ सम्म उक्त शैक्षिक भ्रमण हुनेछ ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजमा बेलायतको विजनेस डिग्री (बिबिएम) सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा मेरिल्याण्ड कलेज विराटनगर ,इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं ,इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५