CLASSICTECH NET

वैशाखभित्रै बजेट खर्च सक्छौं

खबर पूर्वाञ्चल, २५ श्रावण २०७६, शनिबार ०८:०७

,
विराटनगर / आर्थिक बर्षको अन्त्यमा बजेट खर्च गर्ने परिपाटीका कारण निरासाजनक खर्च प्रगति व्यहोर्नु परेको र संचालित योजनाको गुणस्तरसमेत कायम नभएको भन्दै मोरङका १७ वटै स्थानीय तहले आर्थिक बर्ष सकिन दुई महिना अगावै बजेट खर्च गर्ने प्रतिवद्धता जनाएको समाचार आजको उद्घोष दैनिकमा बाबुराम भण्डारीले लेखेका छन् ।

स्थानीय तहका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतसहित साउन १६ गते बसेको संयुक्त बैठकले बैशाख महिनाभित्रै बजेट कार्यान्वयन गर्ने मार्गदर्शन तयार गरी त्यसलाई पालना गर्ने प्रतिवद्धता जनाएका हुन् ।

हरेक बर्ष आर्थिक बर्षको अन्तिम महिना जेठ र असारमा मात्रै विकास बजेट खर्च गर्ने प्रवृतिका कारण आयोजना तथा कार्यक्रमहरु गुणस्तरीय नभएको, कर्मचारीहरुले ठेकेदार र उपभोक्ता समितिसँग मिलेर आर्थिक प्रलोभनमा परेको भन्दै दुई महिना अगावै खर्च गरिसक्ने मार्गदर्शन पारित गरेका हुन् ।

‘वैशाखभरीमा काम सम्पन्न गर्ने हामीले प्रतिवद्धता गरेका छौं’ ग्रामथान गाउँपालिकाका कार्यकारी अधिकृत होमप्रसाद पौडेलले भने ‘जनप्रतिनिधिज्यूहरुले समेत त्यसमा सहमति जनाउनु भएकोले त्यसैका आधारमा हामी काम गर्दैछौं ।’ उक्त निर्णय कार्यन्वयन गर्न हरेक दुई महिनामा बैठक बस्ने सहमति भएको उनले जानकारी दिए ।

ढिलो बजेट खर्च हुने समस्याका कारण प्रदेश सरकार समेत जेठ १५ पछि एक रुपैयाँ पनि भुक्तानी नगर्ने निश्कर्षमा पुगेको छ । मुख्यमन्त्री शेरधन राईले साउन ६ गते प्रदेश सरकार मातहतका कर्मचारीलाई राखेर प्रदेशको बजेट जेठ महिनाको १५ गतेपछि एक रुपैयाँपनि खर्च नगर्ने घोषणा गरेका थिए ।

उक्त बैठकले जनप्रतिनिधिहरु समेतको सहभागितामा साझा सरोकार मञ्चसमेत गठन गरेको जनाइएको छ । आर्थिक बर्ष २०७६र७७ मा संचालन हुने योजना तथा कार्यक्रमलाई बैशाख मसान्तसम्म सम्पन्न गरिसक्ने निर्णय भएको बुढीगंगा गाउँपालिकाका कार्यकारी अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए । उनले त्यसको समन्वयका लागि मञ्च गठन गरिएको बताए ।

‘हामीले त्यही निर्णयलाई मार्गदर्शक सिद्धान्त बनाएर काम गर्नेछौं’ कार्यकारी अधिकृत न्यौपानेले भने ‘त्यो निर्णय सवै पालिकाले बार्षिक कार्यायोजना र खरिद योजना बनाएर पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने छ ।’

आर्थिक वर्षको अन्त्यमा बजेट खर्च हुने प्रचलनले निकासा दिने कार्यालयका साथै प्रत्येक बैंक तथा वित्तीय संस्थामा भिड लाग्दै आएको थियो । अन्तिममा योजना फछ्र्यौट गर्नुपर्दा कर्मचारीलाई भ्याई नभ्याई हुने र आर्थिक प्रलोभनमा परेर उनीहरु पक्राउ पर्ने घटना बर्षेनी बढेका छन् ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५