खबर पूर्वाञ्चल
आयोजकले आज एक्सपोमा पत्रकार सम्मेलनको आयोजना गरेर करिब १० करोड बढीको कारोबार भएको दावी गरेको हो । सन् २०२३ को बिदाईसँगै सन् २०२४ लाई स्वागत गर्दैे एक्सपो समापन गर्ने आयोजकले जनाएको छ ।
एक्सपोमा अहिलेसम्म १ लाख ६५ हजार दर्शकले अवलोकन गरेको संघका अध्यक्ष नविन रिजालले जानकारी दिए । छिमेकी राष्ट्र भारतको सिमापारी, विराटनगर, छिमेकी गाउँपालीका , नगरपालिकाका दर्शकहरुले समेत एक्स्पोलाई माया गरेर आएको रिजालले बताए । अध्यक्ष रिजालले ५५ फिट अग्लो फ्रान्सको एफिल टावरलाई मोरङ व्यापार संघको सेल्फी टावरको रुपमा परिणत गरेकोले सेल्फी खिच्नैका लागि एक्स्पोमा दर्शक तथा उपभोक्ताको भिड लाग्ने गरेको दावी गरे ।
आजदेखि एक्स्पोमा आयोजकले टिकट बढाउने भनिएता पनि दर्शकहरुलाई सहुलियत स्वरुप पुन १ सय नै कायम गरिएको एक्स्पो संयोजक अनिल साहले जानकारी दिए ।
मोरङ व्यापार संघ एक्स्पोमा दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती हुदै आएको छ । यस अघि आस्था राउत, एलिना चौहान, ईलिमेन्ट व्याण्ड, स्वोपन सुमन र आज मेलिना राईलगायत अन्य थुप्रै कलाकारले प्रस्तति दिईसकेका छन भने अझै जोन चाम्लिङ राई, अस्मिता अधिकारी ,उर्गेन दोङ, सुसान्त घिमिरे एण्ड रागा बेण्डलगायतको प्रस्तुती बाकी रहेको छ ।
विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा मोरङ व्यापार संघले २०८० पुस ६ गतेदेखि १६ गतेसम्मका लागि मोरङ व्यापार संघ एक्स्पो आयोजना गरेको छ । नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशका २३० भन्दा बढि औद्योगिक स्टल एक्स्पोमा रहेको छन् ।