AArya
RUMPUM
animated ellipse animated ellipse

किशोरी अपरणकोे आरोपमा रंगेलीबाट एक महिला पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ श्रावण २०७६, सोमबार १७:२१
3
Shares
केशव न्यौपाने
रगेली / मोरङको सुनबषि नगरपालिकाबाट एक किशोरीलाई अपहरण गर्ने महिलालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

गत फागुन २ गते राति अपहरणमा परेकी सुनबर्षि नगरपालिकाकी एक किशोरी अपहरणमा अपहरणमा संलग्न भएको आरोपमा ३६ वर्षकी गिता ऋषिदेबलाई सार्वजनिक गरेको हो । सुनबर्षि नगरपालिकाकी १५ वर्षकी किशोरी राती २ बजे घरबाटै अपहरणमा परेकी थिइन् ।

रगेली प्रहरीले पिडितको जाहेरी साउनको दोस्रो साता आए पछि अपहरण तथा शरीर बन्धक र जवरजस्ती करणीमा मुद्दा दायर गरि अनुसन्धान थालेको थियोे । पक्राउ परेकी ऋषिदेबलाई अदालतबाट म्याद थप गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए । अपहरणको क्रममा प्रहरीले ९ जनाको संलग्नता रहेको जनाएको छ । अपरणमा परेकी किशोरीलाई भारतको विभिन्न शहरमा लगि करणी गरेको र काम गर्ने क्रममा बिभिन्न यातना दिने गरेको, शरिरको बिभिन्न भागमा तातो पुन्युुुुले डाम्ने काम गरेको पिडिता किशोरीले बताइन् ।

पिडित किशोरीलाई ५ महिना पछि भारतीय प्रहरी र नेपाल प्रहरीको सहयोगमा भारत को पन्जाबबाट उद्दार गरि ल्याइएको प्रहरी निरीक्षक दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर