AArya
RUMPUM
animated ellipse animated ellipse

रवी लामिछानेलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालतको आदेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ श्रावण २०७६, शुक्रबार १६:१६
3
Shares
काठमाडौं / पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या विषयलाई लिएर बिहीवार आवश्यक अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका रवि लामिछानेलाई पाँच दिन थुनामा राख्न जिल्ला अदालत चितवनले आदेश दिएको छ ।

जिल्ला अदालत चितवनका विनोदकुमार गौतमको इजलासल बिहीवारको मितिबाट थप पाँच दिन अनुसन्धानको थुनामा राख्न अनुमति दिएको हो

पत्रकार पुडासैनीले आत्महत्याअघि खिचेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानका गर्नका बिहीवार प्रहरीले लामिछानेसँगै न्युज २४ का पत्रकार युवराज कँडेल र रुकु भनिने नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो ।
पक्राउ गरेपछि राति नै थप अनुसन्धानका लागि चितवन लगिएको थियो । चितवनको एक होटलमा श्रावन २२ गते पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । मृत भेटिएका पूर्वसहकर्मी पुडासैनीले आत्महत्या अघि बोलेको भिडियो सार्वजनिक भएको भोलिपल्टै प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको हो ।

घटनास्थलबाट प्रहरीले पुडासैनीको साथबाट फेला पारेको भिडियोमा रुँदै भनेका छन्, ’रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाइँहरूलाई पाप लाग्छ । केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन । दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाइँको असली रुप देख्नेछ । मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाइँको पापको घडा भरिन्छ । भिडियोको आधारमा नै अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर