झापा/ झापाको शिवसताक्षी नगरपालिका १० दोमुखाबाट गाँजासहित एक जना पक्राउ परेका छन्
,
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले ५४ बर्षीय तिर्थराज दाहाललाई २ केजी ७ सय ग्राम लागुऔषध निजकै घरबाट पक्राउ गरेको हो । गाँजासहित पक्राउ परेका दाहाललाई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखि थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।