RUMPUM
animated ellipse animated ellipse

गुट र गिरोहले कांग्रेस इतिहासकै कमजोर – डा.कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ भाद्र २०७६, मंगलवार २२:०१
3
Shares
फाइल तस्वीर

विराटनगर / नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले पार्टी भित्र संस्थागत हुँदै गएको गुट÷उपगुट र गिरोहले कांग्रेस इतिहासकै कमजोर पार्टी बन्दै गएको टिप्पणी गरेका छन् ।

पार्टी भित्र द्धन्द्ध छ , यो कसैलाई छुपाईरहनु पर्दैन, डा.कोइरालाले कार्यकर्तालाई खुलासा पार्दै भने , यो द्धन्द्धको अन्त्य नभएसम्म पार्टी र लोकतन्त्रनै कमजोर भएर जान्छ । गुट भित्रको लडाईलाई कसै कसैले विचारको लडाई भन्दै टिप्पणी गरेपनि आफूले यसलाई गुट र गिरोहको लडाई सम्झेको उनको कथन छ ।

मोरङ कांग्रेसद्धारा गठित तरूण युवा संघ कांग्रेसले आज विराटनगर आयोजना गरेको कार्यक्रम सम्बोधन गर्दै डा. कोइरालाले गुट÷ उपगुट अन्त्यको लागि आफूले पार्टी भित्र अभियानै चलाएको खुलासा गरे ।

पुरानै अवस्थामा पार्टीलाई फर्काउने अभियानमा म देश दौडदामा छु उनले भने ,अझै पनि समय छ तपाईहरू निराश नहुनुस म पार्टीलाई पुरानै अवस्थामा फर्काउने कार्यमा लागिपरेको छु । कांग्रेसलाई एक ढिक्का बनाउने र पार्टी भित्रको गुटलाई अन्तय गर्ने कार्यमा आफुले नेतृत्व लिएर देश दौडाहा गरिरहेको उनको भनाई छ ।

पार्टी भित्रको वाद विवादलाई थाति राखेर कांग्रेसलाई एक ढिक्का बनाउन सकेनौ भने कार्यकर्तामा निराशा छाउने र पार्टी पनि समाप्त भएर जाने कोइरालाको टिप्पणी थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा. डीला संग्रौलाले कांग्रेस भित्र देखिएको गुटको राजनीति मोरङ जिल्लाबाटै सुद्धिढिकरण गर्दै लानु पर्ने बताए । पार्टीका सवै नेताले गुटको राजनीति अन्तय गर्नुपर्ने सार्वजनिक अभिव्यक्ती दिदै आएपनि यसको अन्तयको लागी सवै नेता चुप देखिएको उनको ठोकुवा छ ।

नेपाली कांग्रेस मोरङका सभापति डीगबहादुर लिम्बूले निर्धारित समयमा पार्टीको महाधिबेशन हुन नसके कांग्रेस विभाजनको संघारमा जान सक्ने आफुलाई लागेको बताए । पार्टी नेतृत्वको चर्को आलोचना गर्न पछि नपरेका सभापति शेर वहादुर देउवा निकट लिम्बूले भने , सभापतिको भेलामा सर्वसम्मत पास गरेको निर्णय समेत देउवाले कार्यान्व्यन गर्न सक्नु भएन । यसले आम कार्यकर्तामा निराशा छाएको छ ।

राष्ट्रिय सभा सदस्य रमेशजंङ्ग रायमाझीले पार्टी नेतृत्वलाई सार्वजनिक स्थलमा गाली गलैज गर्नुभन्दा पनि पार्टी भित्रको समस्या पार्टी भित्रै सुल्झाउन् पर्ने बताए । कार्यक्रममा प्रदेश सभा सदस्य केदार कार्की ,शान्ता पौडेल , विन्ध्या कार्की , नेपाली काग्रेस विराटनगर नगर समितिका कार्यवाहक सभापति अरूण न्यौपाने , तरुण दल विराटनगर सभापति सन्तोष न्यौपाने लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर