पूर्वाञ्चल खबर
विर्तामोड–९ स्थित साबिक गरामनी गाविस भवनमा सञ्चालित तीनवटै वडाको कार्यालय रहेको संयुक्त वडा कार्यालय भवन बाहिर आज बिहान साढे चार बजे प्रेसर कुकर बम विस्फोट भएको झापा प्रहरीले जनाएको छ ।
विष्फोटबाट वडा कार्यालयमा सामान्य क्षति पुगेको छ । कार्यालय भवनको भित्ता, ६ वटा झ्याल, कोठाभित्र रहेका फर्निचरका सामानमा क्षति पुगेको झापा प्रहरीले जनाएको छ । चारआलीस्थित नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोली घटनास्थल पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय झापा प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
बम विष्फोट कसले गरायो भन्ने नखुलेको झापा प्रहरीले जनाए पनि वडा कार्यालयहरुमा विप्लव समूहले लक्षित गर्दै आगजनी र विष्फोट गराउँदै आएको छ ।