पूर्वाञ्चल खबर

एक्जिबिसनमा कक्षा १० मा अध्ययनरत नातिको प्रदर्शन हेर्न पुगेका विराटनगर–१० का घनेन्द्र खड्काले भने ,‘स्कुलले दिएको यो अवसर बालबालिकाको लागि अत्यन्तै सुनौलो हो । यहाँ अनुभव गरेर सिक्ने अवसर प्रदान भएको छ । यो तरिका अत्यन्त मन प¥यो । यसले सिकेका कुरालाई व्यवहारमा उतार्न सिकाएको छ ।’ यस्तै अर्की अभिभावक रिता वरालले घरमा बच्चाहरुले केहि गर्लान जस्तो नलागे पनि यहाँ आएर हेर्दा भने धेरै गर्लान् जस्तो लागेको प्रतिकृया दिइन्। उनीसँगै रहेकी कक्षा १० की छात्रा धारणा वरालकी आमाले एक्जिबिसन धेरै राम्रो लागेको भन्दै अरु स्कुलको तुलनामा एभरेष्टको सिकाई पद्दति उत्कृष्ट रहेको प्रतिकृया दिइन्र। उनले भनिन, ‘यहि भएर होला मेरा छोराछोरी अन्य स्कुलमा जानै मानेनन् ।’
अभिभावक मात्र हैन, कक्षा ९ मा अध्ययनरत विद्यार्थी अनिरुद्र सेडाईं पनि विद्यालय प्रशासनलाई धन्यवाद दिँदै भने,‘ एक्जिबिसनले कक्षा कोठामा किताबमा अध्ययन गरेको कुरालाई सहि ठाउँमा ब्यवहारिक रुपमा प्रदर्शन गर्न सिकाएको छ । ‘टिम वर्क’मा काम गर्न सिकाएको छ । यसले हामीलाई सिक्ने अवसर प्रदान गरेको छ ।’ यस्तै कक्षा ९ कै सृजना खनालको बुझाईमा पनि एभरेष्ट स्कुलले हरेक वर्ष विभिन्न कार्यक्रम गरेर किताबी ज्ञान मात्र नभई शारिरिक, मानसिक तथा उर्जाशील भावनाको विकास गर्दै आएको छ । उनले भने, ‘यसरी आयोजना हुने विभिन्न कृयाकलापले ईसिए र सीसीएमा पनि निकै राम्रो प्रगति गरेको छ भने विद्यार्थीहरूमा ज्ञान र सीप सँगसँगै क्षमता विकासमा सहयोग पु¥याएको छ ।’ उनले ‘डिजी स्कुल’, ‘कारखाना’, ‘ह्याप्पीनेस करिकुलम’ लगायतका कोर्षले विद्यार्थीको क्षमता अभिवृद्धिमा अतुलनीय योगदान गरेको बताए । उनले भने ,‘एभरेष्टले गर्ने हरेक कार्यक्रमबाट हामी उत्साही हुँदै आएका छौं । ’ यस्तै कक्षा १० की छात्रा रिजु अधिकारीले एक्जिबिसन रमणीय मात्रै नभई धेरै कुरा सिक्ने थलोको रुपमा आफूहरुले पाएको बताइन्। उनले भनिन् ,‘हामीले नदेखेको–नसुनेको विषयमा पनि यस एक्जिबिसनले जानकारी दिएको छ ।’
सोमबार कक्षा यूकेजीदेखि ५ सम्म र मंगलबार ६ देखि १२ सम्मका विद्यार्थीहरुले प्रदर्शनी गरेका थिए । विभिन्न ४१ वटा स्टलमा विद्यार्थीहरुले दुई दिन नेपाली साँस्कृतिक विषयवस्तुदेखि अहिलेको आधुनिक आर्टिफिसियल एजेन्सी सम्मका विषयहरु प्रदर्शनीमा राखेका थिए । ‘हाम्रो उद्देश्य भनेकै विद्यार्थीहरुले पाठ्यक्रममा सिकेको सबै कुरालाई व्यवहारिक रुपमा पनि ज्ञान हासिल गर्नुपर्छ भन्ने हो’ विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले भने,‘ विद्यालयले भने जस्तै शिक्षा दिएको छ ÷छैन अवलोकन गरेर प्रमाणित गर्ने यो एउटा अवसर पनि हो ।’
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले दुई दिवसीय एक्जिबिसन अपेक्षा गरेभन्दा भब्य र सफल भएको बताए। उनले भने, ‘हाम्रा विद्यार्थीले सिकेका विषयहरु जसरी प्रदर्शनी गरे त्यो उच्चस्तरीय रहेको हामीले अनुभूति गरेका छौं । यसले हामीलाई विश्वस्तरीय शिक्षा यहीँबाट प्रदान गर्न सकिन्छ भन्नेमा हौसला मिलेको छ ।