पूर्वाञ्चल खबर
नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजित रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार वितरण समारोहमा वोल्दै सरकारले आफुले गरेको निर्णयका कारण राजावादीलाई चलखेल गर्ने अवसर भएकोे वताए । उनले लोकतन्त्र वलियो वनाउन सरकार प्रतिवद्ध हुनुपर्ने समेत वताए ।
नेता कोइरालाले दुई तिहाइको सरकारले दलहरुको सहमती विना मिडिया काउन्सिल तथा मानव अधिकार विधेयक ल्याउन खोजनु लोकतन्त्र विपरित कार्य रहेका बताए । राजनितिकदल हरु ठिक ठाउँमा उभिन्ने हो भने कुनैपनि शक्तिले लोकतन्त्रलाई समाप्त गर्न नसक्ने उनको दावी थियो ।
लोकतन्त्र वचाउन सञ्चार जगतले खवरदारी गर्नु पर्ने वेला आएको उनले बताए । लोकतन्त्रको स्थापनाका लागी सञ्चार जगतले खेलेको भुमिकालाई विर्सन नसक्ने भन्दै लोकतन्त्र वचाउन संचार जगतले कलम चलाउनुपर्नेमा उनले जोड दिए ।
नेता डा. कोइरालाले लोकतन्त्रमाथ एकपछि अर्को गर्दै चौतर्फी रुपमा प्रहार गर्न खोजिदै रहेको भन्दै कांग्रेसलाई त्यो कुनैपनि अवस्थामा स्वीकार नहुने वताए । उनले कांग्रेस प्रतिपक्षमा भएपनि लोकतन्त्र जोगाउन दलहरु विच एकता आवश्यक रहेको वताए ।
लोकतन्त्र विरोधी काम गरेर हामी आफैले लोकतन्त्र विरोधी तत्वलाई चलखेल गर्ने मौका दिइरहेका बताउँदै नेता डा. कोइरालले लोकतन्त्रलाई वलियो वनाउ सरकारपनि लोकतन्त्रप्रती प्रतिवद्ध हुनु जरुरी रहेको वताए ।
सरकारले मिडिया काउन्सिल विधेयकलाई तत्काल र्फिता गरेर सरोकारवालासंग छलफल गरेर दलहरुको सहमतीमा मात्र विधेयक ल्याउनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले राजनितीक आग्रह पूर्वाग्रहभन्दा माथी उठेर पत्रकारले कलम चलाउनु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा नेपाली कांग्रस मोरङ सभापति डिगवहादुर लिम्वु, नेपाल पत्रकार महासंघ प्रदेस न १ सभापति विक्रम लुइटेल, प्रेस युनियन प्रदेस न १ सयोजक लिलावल्लभ घिमिरे तथा नेपाल प्रेस युनियन मोरङ सभापति कुमार लुइटेल तथा सुभाष रिजाललले पत्रकारको हकहितका विषयमा आवाज उठाउँनेमा जोड दिए ।
कार्यक्रममा रामाप्रसाद–मायादेवी पत्रकारिता पुरस्कारवाट विराटनगरवाट प्रकाशित न्यु सृष्टि दैनिकका प्रधान सम्पादक शंखर खरेललाई सम्मान गरिएको थियो । डा. शेखर कोइराला तथा केन्द्रीय सदस्य डा.डिला संग्रौलाले पत्रकार खरेललाई सम्मान पत्र प्रदान गरे । पुरस्कारको राषि १५ हजार रुपैया रहेको छ ।