animated ellipse animated ellipse

लागूऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ असार २०७८, शुक्रबार १६:१२
900
Shares
पथरी / मोरङको पथरीशनिश्चरे र कानेपोखरीबाट लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका १ सिनेमाहल छेउबाट ३५ बर्षीय नारायण परियार र ३२ बर्षीय कृष्ण दर्नाल तथा कानेपोखरी गाँउपालिका २ का ३१ बर्षीय हर्क विष्ट र २७ बर्षीय योगेन्द्र निरौलालाई पक्राउ गरिएको हो ।

प्रहरीले परियार र दर्नाललाई लागूऔषध ब्राउन सुगर १३ ग्राम ८०० मिलिग्राम र तौल गर्ने डिजिटल मेशिनसहित पक्राउ गरेको छ ।

त्यस्तै गए राती विष्ट र निरौलालाई घरबाट लागूऔषध ब्राउन सुगर २ ग्राम ४०० मिलिग्रामसहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजनाविरुद्ध थप अनुसन्धान भईरहेको प्रहरलिे जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर