रोटरी क्लब अफ विराटनगरको पदस्थापन

खबर पूर्वाञ्चल, १३ भाद्र २०७९, सोमबार १८:४५
351
Shares

विराटनगर/रोटरी क्ल अफ विराटनगरको ४६ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा एक कार्यक्रम आयोजना गरी रोटरीको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।

रोटरी क्लब अफ विराटनगरको रोटरी वर्ष २०२२–०२३ लागि विराटनगरका युवा व्यसायी कविन श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । युवा व्यवसायी श्रेष्ठले आफ्नो कार्यकालमा सामाजिक काममा सक्रिय भएर लागि पर्ने बताए ।

श्रेष्ठको अध्यक्षमा २० जनाको बोर्ड सदस्यीय रहेको छ । क्लबको निर्वतमान अध्यक्ष (आइपीपी) मा सुरेन्द्र गोल्छा रहेका छन् । यस्तै क्बलको आगमी भावि अध्यक्षको रूपमा कमल बस्नेत रहेका छन् । क्लबको उपाध्यक्षमा मनोज विक्रम शाह, सचिब शिव प्रसाद अधिकारी, सह–सचिबमा प्रभु तोडी, कोषाध्यक्षमा प्रमोद कुमार अग्रवाल, सहकोषाध्यक्षमा पुजा सिंह रहेका छन् । यस्तै क्लबका चियर सदस्यीयमा डा. कोपिका अग्रवाल, क्लब प्रशासन अध्यक्षमा सरिता अग्रवाल रहेकी छिन् ।

यसैगरि क्लबको सेवा परियोजना अध्यक्षमा नन्दिप अग्रवाल, चिर्यर पब्लिक इमेमा बिनिता धारेवा, चिर्यर टिआरएफमा राजकुमार शर्मा, चिर्यर युर्थ सभिर्समा बिनोदकुमार अग्रवाललगायत रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला रहेका थिए । कार्यक्रममा उनले विराटनगरको विकासमा रोटरी क्बल र महानगरपालिका समन्य र सहकार्य गरी अगाढी बढनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KP
GREDED
PABSON BRT
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५