RUMPUM
animated ellipse animated ellipse

पानीमा डुबेर एकै दिन चार जानको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ भाद्र २०७६, आईतवार १८:३८
3
Shares
विराटनगर / प्रदेश १ को विभिन्न जिल्लाहरुमा शनिबार मात्र पानीमा डुबेर ४ जनाको मृत्यु भयो भने १ जना घाईते भएका छन् । उन उपचार विराटनगरमा भइरहेको छ ।

पानीमा डुबेर मृत्यु हुने एक नावलक, एक बालक र २ जना युवा रहेका छन् । एकै दिन पानीमा डुवेर मृत्यु हुनेहरू २ जना सुनसरी र १÷१ जना झापा र मोरङको रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी किशोरकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार मोरङको रतुवामाई नगरपालिका–७ सिजुवाका शिव मुखीयाको १० वर्षिय छोरा आकाशको खोलामा डुबेर मृत्यु भएको बताए । घरबाट शनिबार बिहान हिडेका आकाश साँझ सम्म पनी घरमा फर्कीएर नआए पश्चात आकाशका परीवारले ईलाका प्रहरी कार्यालय सिजुवामा खबर गरेका थिए ।

घटनाबारे जानकारी पाएको प्रहरी टोलीले खोजतलाश गर्दै जाने क्रममा रातको ९ बजे रतुवाखोलाको किनारमा आकाशको कपडादेखे पश्चात प्रहरीले खोलामा खोजि गर्दा उनको डुबेर मृत अवस्थामा फेलापारेको थियो । यसैगरी सोही दिन झापाको बिर्तामोड नगरपालिका – ३ बिराटपोखर बस्ने रोशन बेसराको २ बर्षिय छोरा अजित बेसरा खेल्ने क्रममा घर नजिकै रहेको अदुवा खोलामा डुबेर मृत्यु अवस्थामा फेला परेका छन् । घटनाबारे जानकारी पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको टोली खटिगई आवश्यक अनुसन्धान कार्य पुरा गरेको उक्त कार्यालयले जनाएको छ ।

यस्तै सुनसरीको ईटहरी उपमहानगरपालिका – ६ बस्ने ४० वर्षिय मोहन भट्टराईको खेतीखोलामा डुबेर मृत्यु भएको छ । खोलामा गएका भट्टाराईलाई केही समय पश्वात डुबीरहेको अवस्थामा स्थानियले भेटेका थिए । यसैगरी सुनसरीको रामधुनि नगरपालिका – ६ ईचोल बस्ने अन्दाजी ४५/५० वर्षिका सरिलाल राजधामी घर नजिकै रहेको पोखरीमा डुबेर मृत अबस्थामा फेला परेका छन् ।

घटनाबारे जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय सुनसरी बाट प्रहरीको टोली खटिगई आवश्यक अनुसन्धान कार्य पुरा गरी शवलाई पोष्टमार्टमको लागी बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर