animated ellipse animated ellipse

यातायातको राजस्व हिनामिना प्रकरणमा पाँचजना पूर्वकर्मचारी पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ मंसिर २०८०, मंगलवार १८:२४
486
Shares
विराटनगर / राजस्व रकम हिनामिना मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका पाँच जना यातयातका पुर्वकर्मचारी पक्राउ परेका छन् ।

यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका तत्कालिन लोखापाल मणिराज दाहालसहित पाँच जना पक्राउ परेका हुन् ।

प्रहरीले दाहालसहित नयराज नेपाल, कुमारबहादुर कटुवाल, टिकाराम अधिकारी र देवराज नेपाललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसी रन्जन कुमार दाहालले जानकारी दिए । विशेष अदालत काठमाण्डौले २०७९ चैत ८ गते उनीहरुलाई भ्रष्टाचार (राजश्व रकम हिनामिना) कसूरमा दोषी ठहर गरेको थियो ।

तत्कालिन लेखापाल दाहालललाई ७ बर्ष ११महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ जरिवानाको फैसला सुनाएको थियो । यस्तै, नेपालललाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ जरिवाना, कटुवालललाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८१२ जरिवाना, अधिकारीलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरिवाना तथा देवराज नेपाललाई ८ बर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

उनीहरुबाट जम्मा ३९ वर्ष ५ महिना २३ दिन कैद र ६८ करोड ३२ लाख २२ हजार ३०८ रुपैयाँ असुल गर्न बाँकी थियो । यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीले आर्थिक वर्ष २०६९÷०७० र २०७०÷०७१ मा भएको ८ करोड ९६ लाख १७ हजार ६२ रुपैयाँ राजस्व हिनामिना र आ.व. २०७१÷०७२, २०७२÷०७३ र २०७३÷०७४ फागुन मसान्तसम्ममा भएको ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ राजस्व हिनामिनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई मुद्दा विशेष अदालतमा दायर गरेको थियो ।

राजस्व रकम हिनामिना मुद्दामा यातायात व्यवस्था कार्यालय सवारी, कोशीका चार जना उपसचिवसहित ११ जना कर्मचारीलाई विशेष अदालतले कैद सजाय सुनाएको थियो । कैद सजाय भएपछि उनीहरु फरार थिए ।

मोरङ प्रहरीले उनीहरुलाई विराटनगरबाट सोमबार साँझमा पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी दाहालले जानकारी दिए । अदालत उपस्थित गराएर कैद सजाय भुक्तानको लागि मोरङ कारागार चलान गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर